Map of Nepal

Map of Nepal

Saturday, August 4, 2012

दुर्घटनामा मृत्युः सशस्त्र द्वन्द्वमा भन्दा धेरै


दुर्घटनामा मृत्युः सशस्त्र द्वन्द्वमा भन्दा धेरै

    (1 Vote)
    राजेन्द्र फुयाल र सुरज कुँवर
    photo
    'राम्ररी जानु, पुगेपछि फोन गर्नु,' आफन्त/परिवारजनका कुनै सदस्य यात्रामा निस्किँदा विदाइ गर्ने अभिभावकको मुखबाट अधिक सुनिने वाक्य हो यो । गन्तव्यमा नपुग्नुजेल परिवारजनले मानिरहने चिन्ताले नेपालमा सार्वजनिक सवारी साधनको यात्रा कति असुरक्षित छ, संकेत गर्छ । चालक, गाडी/सडकको अवस्था वा बाह्य तत्वमा अडिएको हुन्छ, सुरक्षित यात्रा । त्यसैले होला, सुरू गन्तव्यबाट थालिएको यात्रा घन्टौं वा दिन बिराएपछि अन्तिम गन्तव्यमा पुग्दा यात्रुले सन्तुष्टिको लामो सास फेर्दै फोन गर्न आग्रह गर्ने आफन्तलाई बसको सिटबाटै फोन गरी भन्छन्, 'राम्ररी आइपुगें, चिन्ता नलिनु ।'
    मृत्यु सत्य हो । तर प्राकृतिक मृत्युलाई उछिन्दै सवारी दुर्घटनाबाट भैरहेका मृत्युका खबर हृद्धयविदारक हुन्छन् । पछिल्ला दिन हामी सुन्न विवश छौ, जन्तीवाहक बस दुर्घटनामा, मलामी बोकेको गाडी भीरमा खस्यो, तीर्थयात्री सवार बस नहरमा डुब्यो, वनभोज गएका विद्यार्थी चढेको स्कुलबसलाई विपरीत दिशाबाट आउँदै गरेको अर्को बसले ठक्कर दियो, चाड मनाउन हिंडेकाहरू दुर्घटनामा आदि । यस्तो दुःखद समाचारका विषय बन्नुपर्ने दुर्भाग्यमा सवारी साधनभित्र चढेका यात्रुमात्रै पर्दैनन् । कतै बटुवा, कही सडक किनारमा इलम गरिरहेका, कतै ओच्छ्यानमै सुतेका परिवार, कतै बस चढाउन सडक किनारमा उभिएका आफन्तजन, कतै मर्निङवाकमा निस्किएका डाइबिटिजका बिरामी । त्यसैले पूर्वाधारको सूचीमा राखिने सडक त्यतिकै जोखिम भएको स्थान हो । यसै कुरालाई आधार मानेर विज्ञहरूले भन्ने गर्छन्, 'सडकमा हिंड्ने/गुड्नेले ममात्रै ठीक छु, अरू सबै पागल हुन् ठान्नुपर्छ रे ।     
    चालु आर्थिक वर्षको साउन नसकिंदै १९ दिनमा देशभर ५९ जनाले सडक दुर्घटनामा ज्यान गुमाइसके । तीनवटा ठूलासहित १५ दुर्घटनामा सयौं घाइते भएका छन् । विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार, विश्वभर वाषिर्क १३ लाख मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन् । २ देखि ५ करोड हाराहारी मानिस गम्भीर घाइतेसहित अपांग हुन्छन् । २०५१ सालताका सडक विभागले जारी गरेको २० वर्षे सडक योजनाले ०५१/०५२ सम्म नेपालमा वाषिर्क सडक दुर्घटना दर ५ प्रतिशत बढी रहेको भनेको थियो । त्यसै बेलादेखि सवारी साधनको वृद्धिदर अनुपातमा सडक नबढिरहेको बताएको थियो । २०४३ देखि २०५४
    सालसम्म भएका सडक दुर्घटनाबारे गरिएको अध्ययनले १ लाख जनसंख्यामा ४ जनाले वाषिर्क ज्यान गुमाउनुपरेको उल्लेख गरेको थियो ।
    प्रजातन्त्र आएसँगै अर्थात आर्थिक वर्ष २०४५/४६ यता सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या करिब २२ हजार छ । २०५२ मा सुरु भएको माओवादीको सशस्त्र विद्रोहमा राज्य र विद्रोहीद्वारा मारिनेको संख्या केलाउँदा द्वन्द्वको दाँजोमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढी छ । सशस्त्र द्वन्द्वका कारण कम्तीमा १७ हजार ५ सय ४ ले ज्यान ज्यान गुमाएको अवधिमा सवारी दुर्घटनाका मृत्युवरण गर्नेहरूको संख्या १७ हजार ७ सय ९६ भन्दा बढी छ । (विस्तृत विवरण हेर्नुहोस्, बक्समा) अझ २५ वर्ष यताका दुर्घटनालाई आधार मान्दा नेपालमा औसत ८ सय ७३ ले वर्षेनि ज्यान गुमाउँछन् ।
    महानगरीय ट्राफिक महाशाखाका अनुसार, कतिपय व्यक्तिको उपचारको क्रममा मृत्यु हुने र धेरै संख्यामा अशक्त, अपाङ्ग भई पीडादायक जीवन भोग्न बाध्य भैरहेका छन् । गम्भीर दुर्घटनाबाट मृत्यु हुने, जनधनको क्षति, उपचार खर्च, सवारी मर्मत खर्च, बिमा रकम, सडक मर्मत तथा अन्य विविध प्रकारका खर्चबाट राज्यलाई प्रत्यक्ष/अप्रत्यक्ष हुने क्षति र नोक्सानीको कुनै पनि निकायले यथार्थ लेखाजोखा नै राख्ने गरेको छैन ।
    आर्थिक वर्ष २०६७/६८ मा मात्र दुर्घटना पीडितको उद्धार र राहतमा ३ अर्ब ४७ करोड खर्च भएको सरकारी तथ्यांक देखिन्छ ।
    साउन १ गते कटारीबाट काठमाडौं आउँदै गरेको बस कृष्णभीरबाट त्रिशूली नदीमा खस्यो । केहीलाई जीवितै उद्धार गरिएको उक्त घटनामा १६ जनाको शव फेला पर्‍यो । अझै १४ बेपत्ता छन् । तीमध्येका केहीका आफन्तले कुशको शव बनाई क्रिया गरी विधि पूरा गरे । स्थानीय प्रहरीले 'खोजी जारी छ' भनेको छ । बेपत्ताका आफन्तले 'सरकारले वास्ता नगरेको भनिरहेका छन् ।
    हवाई दुर्घटनामा जाँचबुझ आयोग बन्छ । मृतकका परिवारले बिमा रकम पाउँछन् । उड्ययन प्राधिकरणका कर्मचारीदेखि प्रधानमन्त्रीसम्मले घटनाबारे चासो राख्दै सत्यतथ्य छानविनका लागि तदारूकता देखाउँछन् । दराजमा थन्किने भए पनि दुर्घटनाको कारण समेटिएको रिपोर्ट बन्छ । सडक दुर्घटना भने विद्युतीय सञ्चारमाध्यमका 'ब्रेकिङ न्युज' बन्छन्, भोलिपल्टका अखबारमा पुग्दा प्रायः भित्र पृष्ठमा ठेलिन्छन्, बस यत्ति हो । निम्नदेखि मध्यमवर्गीय सर्वसाधारणको रोजाइमा सार्वजनिक सवारी भएकाले होला, यहाँ हुने भयानक दुर्घटनाप्रति सरकारको पर्याप्त ध्यान जाँदैन । सडक किनारको नदीमा सवारी साधन खस्दा हुने दुर्घटामा त कतिको शवसमेत भेटिंदैन । सवारी दुर्घटनाको अनुसन्धान गर्ने जिम्मा ट्राफिक प्रहरीलाई छ । तर ट्राफिकले न्यायिक आयोग गठन गर्न सक्दैन । पन्जा, माक्स, पानीको अभाव झेलिरहने ट्राफिक प्रहरी दक्ष जनशक्ति अभाव रहेको भन्छ । राज्यका निकायले व्यवस्थित रेकर्डसमेत राखेको देखिंदैन । दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायहरूबीच समन्वयात्मक कार्य भएको देखिंदैन । सचिव तुलसी सिटौला भन्छन्-'अहिले भौतिक योजना मन्त्रालयले मुख्य-मुख्य दुर्घटनामा छानबिन गर्छ ।' 
    किन हुन्छन् दुर्घटना ?
    विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार, दुर्घटना हुनुमा चालक ७२ प्रतिशत दोषी छन् । त्यसपछि यान्त्रिक, सडकको अवस्था र बाह्य कारण पनि दुर्घटना बढाउने तत्त्वको सूचीमा छन् । संसदको राज्यव्यवस्था समितिले गतवर्ष गठन गरेको 'ट्राफिक व्यवस्थापनसम्बन्धी अध्ययन उपसमिति' ले गरेको अध्ययनअनुसार, लामो दूरीमा चालकमा देखिने थकान, निद्रा, नशा/मदिरापान र तीव्र गति दुर्घटनाका कारण हुन् । सडकको अवस्था, सवारी साधनको यान्त्रिक खराबी, सडकको अवस्था र बाह्य पक्ष (पैदल यात्रु, चौपाया, बटुवा आदि) पनि दुर्घटना बढाउने कारण हुन् । यान्त्रिक कारण गुडिरहँदा ब्रेक, स्टेयरिङ, एक्सिलेटर, क्लज, पाङ्ग्रामध्ये कुनैमा गडबडी भए दुर्घटना निम्तिने सम्भावना हुन्छ । दुर्घटना बढाउनमा यातायात सञ्चालकहरूको पनि भूमिका देखिन्छ । जेनियुन पार्टपुर्जाको प्रयोग नगरी सस्ता यन्त्र प्रयोग गर्नु, लामो दूरीमा एउटामात्रै चालक राख्नु सञ्चालकहरूको दोष हो । दुर्घटना हुँदा गरिने पहिलो आशंका हो चालकको लापरवाही । चालकले 'ओभर स्पिड, ओभरटेक, ओभरलोड र ओभर वर्क' नगरे लापरबाही न्यून हुन्छ ।
    यात्रा सुरू गर्नुअघि सवारीको न्यूनतम प्राविधिक परीक्षण नगर्नु, गन्तव्यसम्मको दूरी, सडकको अवस्था, यात्रा सुरू गर्ने र पुग्ने सम्भावित समय, गति, खाना-खाजा र आरामका लागि चाहिने समयको आदिको पूर्वयोजना नहँुदा पनि असुरक्षा बढेको छ । जाडोयाममा अत्यधिक ठन्डीका कारण चालकले नियन्त्रण गुमाउँदा, अत्यधिक गर्मीमा दिउँसै निदाउँदा, वषर्ातको चिप्लोमा घुम्तीमा पनि तीव्रगतिमा मोडिंदा धेरै दुर्घटना भएको तथ्यांकले देखाउँछ । त्यसैगरी दक्षता नभएका सहचालक वा नाबालक चालकले हाँक्दा पनि दुर्घटना भएका छन् ।
    सवारी चालक अनुमतिपत्रका लागि शैक्षिक योग्यता तोकिएको छैन । यसको गतिलो उदाहरण पोखराको यातायात कार्यालयले केही वर्षअघि दृष्टिविहीनलाई दिएको सवारी चालक अनुमतिपत्र हो । यसले समाजका सम्मानित वा आकर्षक पेसामा जान नसकेका, स्कुल बंक गरेकाहरू मध्येबाटै सवारी चालक उत्पादन हुन्छन्' भने नकारात्मक सन्देश दिएको छ । यो हटाउन चालकले ध्यानपूर्वक सतर्कता, संयमता र ट्राफिक नियम पालना गरेमात्रै धेरै  दुर्घटना  न्यूनीकरण गर्न सकिन्छ ।
    त्यसैगरी सवारी चालक अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) त लिन्छ, तर दक्ष सवारी चालक उत्पादनका लागि प्रशिक्षण केन्द्र सञ्चालन गरेको छैन । अनियमितताका कारण दिइने नुमतिपत्रको  प्रत्यक्ष असर सडकमा देखिन्छ । जुनसुकै बेला हुनसक्ने दुर्घटनामा सार्वजनिक सवारी प्रयोग गर्नेको मात्र होइन, अन्य सवारीका यात्रुदेखि पैदल यात्रुसम्म जो पनि परिरहेका छन् । जसरी असार ३० गते बनेपा-बुडोलमा 'मर्निङवाक' निस्किएका स्रोत शिक्षकद्वय डेकराज भट्टराई र नवराज तिमल्सिना घर र्फकन पाएनन् ।
    राजधानीबाट पूर्वको काँकडभिट्टा होस् कि सुदूरपश्चिमको साँफेबगर- एउटै चालकले गन्तव्यमा गाडी पुर्‍याउने दायित्व लिन्छन् । राजमार्ग जतिसुकै लामो भए पनि चालक र यात्रुका लागि आरामगृह छैनन् । सवारी कानुनमा लामो दूरीको गन्तव्यमा दुईजना चालक राख्नुपर्ने व्यवस्था छ । तर व्यवसायीहरूले यसको पालना गरेको देखिंदैन । न नियमनकारी निकायले बाध्यात्मक रूपमा लागू गराएको छ । अनि निद्रा र रफ्तारको त्यही सवारी कहिले त्रिशूलीमा डुब्छ त कहिले सडक किनारमा उभिएका यात्रुमाथि नै गुड्न पुग्छ । यात्रुबसको छतमा मात्र होइन, सिटमा समेत टनाटन कोचेर अतिरिक्त मालसामान ढुवानी गर्दा पनि सडक नियमनसंग सम्बन्धित निकाय बेखबरझै देखिन्छ । समाचारमा आइरहन्छन्- सडकमा उभिएका ट्राफिक तिनै सवारीका चालकसँग रकम असुल्छन् । 
    गुणस्तरहीन सडकमा दुर्घटना बढिरहँदा हालै भौतिक योजना मन्त्रालयले आश्चर्यलाग्दो तथ्य सार्वजनिक गर्‍यो । उक्त तथ्यले भन्छ, फराकिलो र ६ लेनको तीनकुने सूर्यविनायक सडक सुधारिएपछि दुर्घटना बढे ।' कारण, 'ट्राफिक नियम अवहेलना र तीव्रगति ।' जथाभावी बाटो काट्ने पैदय यात्रु, छाडा छोडिएका चौपाया, जथाभावी रोकिएका सवारी साधन र उच्च गतिका ननस्टप सवारीमात्र गुड्नुपर्ने दायाँ लेनमा गइदिने भाडाका स्थानीय सवारी पनि दुर्घटना निम्त्याउने कारण हुन् ।
    कसरी घटाउने ?
    नियमनकारी सरकारी निकाय, चालक, यात्रु र अन्य सडक प्रयोगकर्ताले न्यूनतम सावधानी र सतर्कता अपनाउने हो भने दुर्घटनालाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । दुर्घटनाको अहिलेको आकारलाई ५० प्रतिशतमा मात्र झार्नसकेमा दुर्घटना पीडितको राहत र उद्धारका लागि भइरहेको खर्चमा पनि आधा बचत हुन्छ । त्यसका लागि हरेक आर्थिक वर्षमा भइरहेको झन्डै साढे तीन अर्बबाट आधा बचाउँदा पनि हरेक वर्ष सयौ किलोमिटर सुरक्षित सडक विस्तार गर्न सकिन्छ । चालकको परिचयपत्र व्यवस्थित गरी विभिन्न 'चेक पोइन्ट' मा सवारीको गति, भार र चालकको कार्य घन्टाजस्ता सबै पक्षको प्रभावकारी जाँच र रेकर्ड राख्ने प्रणाली लागू गरिनुपर्छ । प्रतिवेदनका अनुसार, ट्राफिक प्रहरीको प्रभावकारी परिचालनबाट मात्र पनि 'ओभर स्पिड, ओभरटेक, ओभरलोड, ओभर वर्क' तत्कालै रोक्न सकिन्छ । यही मानवीय लापरवाहीका कारण धेरैजसो ठूला दुर्घटना भएका छन् । सवारीलाई लेन अनुशासनमा राख्नसक्ने हो भने दुर्घटनाबाट धेरै हदसम्म बचाउन सकिन्छ ।
    संसदीय उपसमितिले गरेको अध्ययनले १० महिना (२०६८ साउनदेखि २०६९ वैशाखसम्म) को अवधिमा चालकको लापरवाहीबाट ७६ प्रतिशत दुर्घटना भएको देखाएको छ । ११ प्रतिशत दुर्घटना तीव्रगतिका कारण देखिन्छ । अध्ययनले, कम उमेरका चालकले बढी दुर्घटना गराएको भन्छ । कुल दुर्घटनामध्ये एक तिहाइ रातिको समयमा भएका छन् ।
    त्यस अवधिमा २१ वर्षदेखि २५ वर्ष उमेर समूहका सवारी चालकबाट करिब २६ प्रतिशत दुर्घटना भएका थिए । चालकको उमेरको आधारमा यो नै सबैभन्दा धेरै दुर्घटना हो । यस्तै २६ देखि ३० वर्ष उमेरका चालकबाट करिब २३ प्रतिशत दुर्घटना भएको छ । समयगत आधारमा दुर्घटनाको तथ्यांक हेर्दा दिनको १२ बजेदेखि साँझ ६ बजेसम्म करिब ३९ प्रतिशत र साँझ ६ बजेदेखि बिहान ६ सम्म ३३ प्रतिशत दुर्घटना भएको देखिन्छ । आइतबार बढी दुर्घटना हुने दिनको सूचीमा छ ।
    दुर्घटनाबाट जोगाउन सडक निर्माणदेखि सञ्चालनसम्म यसको प्राविधिक पक्षमा निरन्तर अनुगमन गरिनुपर्छ । यसका लागि बाटो खन्ने भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालय, सञ्चालनको अनुमति (रूट प्रमिट) दिने यातायात व्यवस्था विभाग, सडक अनुशासन पालना गराउने ट्राफिक प्रहरी, दुर्घटना भइहालेमा उद्धारमा खटिने सुरक्षा निकाय र सरोकारवालाबीच समन्वयात्मक कार्य गरिनु जरूरी छ । संसदीय उपसमितिको छलफलमा सरोकारवालाहरूले यी निकायका अधिकार केन्द्रीकृत गरी यातायात प्राधिकारणको प्रस्ताव गरेको छ । सडक प्राधिकरणले ती निकायबीच समन्वय गरिदिन्छ । 
    सुरक्षा सतर्कता अपनाउँदा पनि सडक दुर्घटनालाई शून्यमा झार्न सकिंदैन । तर यन्त्रबाट हुने दुर्घटना न्यून गर्न सकिन्छ । भवितव्य परिहालेमा भइहालेमा तत्कालै उद्धार र उपचारका लागि सरकारी संयन्त्र तम्तयार अवस्थामा राखिनुपर्छ । भित्री सडकसम्म ट्राफिक प्रहरी परिचालन, राजमार्गका निश्चित विन्दुमा आरामगृह, सुरक्षाकर्मी, अस्पताल र तत्कालै सडक खुलाउन आवश्यक पर्नसक्ने क्रेन, जोडरजस्ता अत्यावश्यक उपकरणको व्यवस्था गर्न सकिन्छ । यस्तो योजनाबद्ध र व्यवस्थित कार्यले प्राविधिक र प्राकृतिक कारण हुनसक्ने सडक अवरोध खुलाएर दुर्घटना न्यूनीकरण गर्न र आपतमा परेकालाई तत्कालै उद्धार र उपचार गर्न सम्भव बनाउँछ । सशस्त्र प्रहरीद्वारा कुरिनटारमा तयार गरिएको जस्तो आपतकालीन उद्धार टोली र तालिम देशका अरू धेरै ठाउँमा आवश्यक छ ।
    सडक दुर्घटनाबाट धनजनको क्षति न्यूनीकरण गर्न संयुक्त राष्ट्रसंघले सन् २०१० देखि २०२० सम्मको समयलाई 'डिकेड अफ एक्सन' घोषणा गरेको छ । सडक विभागको सडक र ट्राफिक महाशाखा प्रमुख चन्दकुमार सुवेदीका अनुसार, संयुक्त राष्ट्रसंघको निर्देशिकाअनुसार, विभागले एक्सन प्लान बनाइसकेको छ । सरकारले पारित गर्न बाँकी छ । यो लागू भएपछि सडक दुर्घटना कम हुने प्रक्षेपण गरिएको छ । यसले सडक, यात्रु, व्यवसायी, मजदुर, ट्राफिक प्रहरी र सरकारको जिम्मेवारी तोकेको छ । सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन, बिमा व्यवस्था गर्न, साधारण जनतालाई सरल एवं सुलभ ढंगबाट यातायात सुविधा उपलब्ध गराउन, यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ लगायतसँग जोडिएका नियमावली प्रभावकारी छैनन् । १३ लाख हाराहारी सवारी साधन गुड्ने झन्डै २५ हजार किलोमिटर सडकमा मानवीय क्षति हुने दुर्घटना कम गराउन सडक विभाग, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुरबीच समन्वय  जरूरी छ । यी निकाय बीचको आपसी मनमुटाव कम नेपाल पनि बेलायतजस्तै अत्यधिक न्यून सडक दुर्घटना हुने मुलुकको सूचीमा सूचीकृत हुनसक्छ ।
    आर्थिक वर्ष      सडक दुर्घटनामा   माओवादी द्वन्द्वलगायत राजनीतिक 
        ज्यान गुमाएका       हिंसामा ज्यान गुमाएका
    २०५२/५३     ३६५        ८१ 
    २०५३/५४     ७४५            ४८         
    २०५४/५५     ६९१           ४०९         
    २०५५/५६     ८०१           ४६९         
    २०५६/५७     ६९१           ३९९         
    २०५७/५८     ७४५           ६३३         
    २०५८/५९     ८७९             ४९००         
    २०५९/६०     ८०८           २२३६         
    २०६०/६१     ८२५           ३१२२         
    २०६१/६२     ९५३           १८९५         
    २०६२/६३     ११३१       ९२६            
    २०६३/६४     १३५६       ५३६ (शान्ति प्रक्रियापछि अन्य द्वन्द्वमा)   
    २०६४/६५     ११३१       ५४१                    
    २०६५/६६     १३५६       ४७३         
    २०६६/६७     १७३४       ४५९         
    २०६७/६८     १६८९       ३७७         
    २०६८/६९     १८३७       अद्यावधिक तथ्यांक छैन         
    २०६९ साउनमा    ५९                   "      "    "         
    जम्मा मृत्यु       १७७९६       १७५०४      
    टिप्पणी
    मानव सिर्जित समस्या
     केशवकुमार शर्मा
    सडक/यातायात विकासले मानिसलाई दैलोबाट गन्तव्यसम्म पुर्‍याएर मानव सभ्यतामा ठूलो योगदाम पुर्‍याएको छ । तर सडक दुर्घटना आजको विश्वमा प्रमुख चुनौती हुँदै गएको छ । विश्व स्वास्थ्य संगठनको सन् २००४ को प्रतिवेदनले, 'प्रत्येक वर्ष विश्वभर करिब १३ लाख मानिसको मृत्यु र दुईदेखि तीन करोड मानिस घाइते हुने गरेको' भनेको छ । २००४ मा मानव मृत्युको नवौं कारण रहेको सडक दुर्घटना सन् २०३० मा पुग्दा पाँचौ कारण बन्ने अनुमान पनि गरिएको छ ।
    दुर्घटनाको आँकडाअनुसार, अल्पविकसित राष्ट्रमा विश्वको कुल सवारी साधनको नौ प्रतिशतमात्र छन् भने दुर्घटनाबाट मृत्यु हुने संख्या भने ४२ प्रतिशत छ । यो निकै भयावह तथ्य हो । नेपालमा पनि विगत दस वर्षको आंँकडा हेर्दा सडक दुर्घटनाको संख्या, घाइते र मृत्यु हुनेको संख्यामा बढ्दो छ । सवारी साधनको संख्यामा वृद्धि भए पनि सोही अनुपातमा सडकको विस्तार हुन नसक्नु, सवारी चालक र सडक प्रयोगकर्तामा चेतना तथा अनुशासनको कमी, नियम कानुन कार्यान्वयनमा रहेका कमजोरीजस्ता कारणहरूले सवारी व्यवस्थापन निकै चुनौतीपूर्ण छ ।
    २०५८/५९ मा ३ लाख ६२ हजार रहेको सवारी साधन ०६८/६९ मा झन्डै १३ लाख पुगेको छ भने सोही अवधिमा सडक दुर्घटनाको संख्या ३ हजार ८ सय २३ बाट ८ हजार ८ सय ९२ बढी पुगेको छ । कुल सवारी साधनको तीन चौथाइ संख्या मोटरसाइकलले ओगटेको छ । सार्वजनिक सवारी साधन बस, मिनीबस, माइक्रोबस, ट्रक, टेम्पोको हिस्सा करिब ८ प्रतिशत छ ।  दुर्घटनामा मृत्यु र घाइते हुनेको संख्या १० वर्षअघि क्रमशः ८ सय ७९ र ४ हजार ५ सय ९६ रहेकोमा ०६८/६९ मा क्रमशः १ हजार ८ सय २७ र ११ हजार ८ सय ३१ पुगेको छ । सहरी क्षेत्रमा मोटरसाइकल दुर्घटना अत्यधिक छ । राजमार्ग र ग्रामीण सडकहरूमा जिप, बस, ट्रकको दुर्घटना उच्च छ । विगत पाँच वर्षको सडक दुर्घटना अध्ययन गर्दा जम्मा ३५ हजार २ सय ८९ दुर्घटनामा ५५ हजार २ सय २१ सवारी साधन संलग्न छन् । बढी मोटरसाइकल २० हजार ४३, क्रमशः जिप, भ्यान १४ हजार १ सय २१, बस ८ हजार २४ र ट्रक ६ हजार २ सय ९३ छन्  । केलाउँदा नेपालको सडक यातायात सुरक्षाको स्थितिमा सुधार भएको देखिंदैन ।
    सडक सुरक्षा कम गराउन अंग्रेजी वर्णमालाका तीन "इ" मा ध्यान दिनुपर्छ । यी हुन्- इन्जिनियरिङ, एजुकेसन (शिक्षा) र इन्फोर्समेन्ट (कानुन कार्यान्वयन) । इञ्जिनियरिङ कार्य अन्तर्गत सुरक्षित सडक निर्माण, सडकको नियमित मर्मतसम्भार, 'फरगिभिङ रोड' अर्थात् क्षमाशील सडक (सवरी चालकको कमजोरी वा सवारी साधनमा कमजोरी नै भए पनि एउटा हदसम्म बचावट गर्न सक्ने) सडक सुहाउँदो र सुरक्षित सवारी साधन, तिनको नियमित र आवधिक मर्मतसम्भार आदि कार्य पर्छन् । एजुकेसनअन्तर्गत सवारी चालक, यात्रु, सडक प्रयोगकर्ताहरू र अन्य सवै सरोकारवालाहरूलाई सवारी र सडक प्रयोग र कानुनी व्यवस्थासम्बन्धी सचेतना र शिक्षा दिने कार्य पर्छन् । यसैगरी नियम कानुनको प्रभावकारी कार्यान्वयन गरी कानुन उल्लंघन गर्नेमाथि कारवाही गर्ने कुरा इन्फोर्समेन्टअन्तर्गत पर्छ ।
    पछिल्ला अध्ययन-अनुसन्धानहरूबाट सडक यातायात सुरक्षाका लागि माथि उल्लेखित तीन 'इ' को अलावा थप तीनवटा 'इ' पनि अपनाउनुपर्ने निष्कर्ष आएको छ । ती थप तीन 'इ'मा इमर्जेन्सी अर्थात् उद्घार कार्य, इभ्यालुयसन अर्थात् अनुगमन, मूल्यांकन र इन्गेजमेन्ट अर्थात् प्रतिबद्घता पर्छन् ।
    अब प्रश्न उठ्छ, नेपालमा सडक दुर्घटनाका कारणहरू के हुन् ? हामीकहाँ अरू विषयजस्तै सडक दुर्घटनाको क्षेत्रमा पनि अध्ययन, अनुसन्धानको एकदमै अभाव छ । ट्राफिक प्रहरीले दुर्घटना स्थलको अवस्थाबारे प्रतिवेदन दिने गर्छ र सामान्यतया यही प्रतिवेदन नै दुर्घटनाको सूचनाको प्रमुख स्रोत रहने गरेको छ । बढी दुर्घटना हुने क्षेत्रमा सडक विभागबाट विस्तृत अध्ययन र सुधारका कार्य हुने गरेको छ । प्राप्त आंँकडाअनुसार नेपालमा सडक दुर्घटनाका प्रमुख कारणहरू क्रमशः निम्नानुसार रहेका छन् । १) चालकको कमजोरी- लापरबाही, निद्रा, थकान, अनुभवी नहुनु, तीव्रगति, गलत लेनको प्रयोग, ओभरटेकिङ आदि । २) सडक प्रयोगकर्ताको लापरबाही- गलत स्थानबाट बाटो काट्नु, सडकको जथाभावी प्रयोग, झुन्डिएर वा छतमा बसेर यात्रा गर्नु । ३) मादकपदार्थ सेवन- सवारी चालकद्धारा । ४) सवारी साधनको क्षमताभन्दा बढी भार- यात्रु तथा सामान । ५) सवारी साधनको यान्त्रिक गडबडी- ब्रेक तथा स्टेयरिङको खराबी, सवारी साधन जुन प्रयोजनका लागि बनेको हो, त्योभन्दा भिन्नै प्रयोजनमा उपयोग गरिनु -मोडिफिकेसन), अत्यधिक पुराना सवारी साधन, सडकको अवस्था अनुसारको सवारी साधन नहुनु -रोड वर्दिनेस नभएका सवारी साधन) । ६) सडकको खराब अवस्था- सडक सतह चिप्लो हुनु, खाल्टाखुल्टी, साँघुरो सडक, सडक पेटी -सोल्जर) पर्याप्त नहुनु, आवश्यकताअनुसार ट्राफिक संकेत चिन्हहरू तथा रोड मार्किङ नहुनु ।
    सडक दुर्घटनाको प्रमुख कारण चालकको कमजोरी देखिए पनि बाँकी अन्य कारणहरूको भूमिका पनि कम भन्न मिल्दैन । सडक दुर्घटना दैवी विपत्ति नभई मानव सिर्जित समस्या हो । पर्याप्त र उचित व्यवस्थापनबाट यसलाई कम गर्न सकिन्छ । सडक यातायातको अवस्थामा सुधार गर्न माथि उल्लेखित कारणको भिन्नाभिन्नै हैन कि समग्र सुधार गरिनुपर्छ । सडक यातायात सुरक्षाको स्थिति सुधार हुन नसकेको, वर्षेनि झन्डै दुई हजार नागरिकको ज्यान जाने गरेको र दसौं हजार घाइते हुने गरेको परिपे्रक्ष्यमा सडक दुर्घटनाका कारणहरू सम्बोधन गर्नेगरी सुरक्षा उपाय अवलम्बन गर्न जरूरी भइसकेको छ ।
    झट्ट हेर्दा सडक यातायात सुरक्षामा सडक निर्माण गर्ने सडक विभाग, सवारी साधन व्यवस्थापन र सवारी चालक अनुमतिपत्र दिने यातायात व्यवस्था विभाग र यातायात नियमहरूको कार्यान्वयन गर्ने-गराउने ट्राफिक प्रहरी जिम्मेवार देखिए पनि यो एउटा बहुसंस्थागत जिम्मेवारी भएको क्षेत्र हो । सडक सुरक्षाको प्रश्नमा माथिका निकायहरूमात्र जिम्मेवार हुने नभई सवारी साधन निर्माण कम्पनीहरू, मर्मत गर्ने वर्कसपहरू, ड्राइभिङ सिकाउने इन्स्िटच्युटहरू, सवारी चालक तथा सवारी धनीहरू, यात्रुहरू, सडक प्रयोगकर्ताहरू, सडक निर्माण गर्ने सबै निकायहरू, चालक अनुमतिपत्र प्रदान गर्ने निकाय, अस्पताल तथा स्वास्थ्य संस्थाहरू, उद्घार गर्ने संघ-संस्थाहरू, शैक्षिक संघ-संस्थाहरू, स्थानीय प्रशासन तथा समग्र नागरिक समाजको समेत महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसरी धेरै व्यक्ति संस्थाहरूको संलग्नता रहने यस क्षेत्रमा नेतृत्वकर्ता निकायको खाँचो टड्कारो देखिएको छ । विश्वमा बिभिन्न मुलुकमा सडक सुरक्षाका लागि सडक प्राधिकरण, सडक सुरक्षा परिषद्, सडक सुरक्षा समिति आदि नेतृत्वकर्ता निकाय रहेका छन् । सार्क क्षेत्रमै पनि पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशमा समेत सडक यातायात सुरक्षा समिति बनिसकेको अवस्थामा नेपालमा पनि सडक यातायात सुरक्षामा एउटा नेतृत्वकर्ता निकायको गठन छिट्टै हुनु जरूरी देखिएको छ । यसो हुनसकेमा सडक सुरक्षासम्बन्धी बिभिन्न कार्यहरू गर्न साथै विभिन्न मञ्चहरूमा नेपालले व्यक्त गरेका प्रतिबद्घताहरू पूरा गर्न सजिलो पर्नेछ । सडक यातायात सुरक्षामा सुधारका लागि निम्नलिखित पाँचवटा कार्यहरू आवश्यक पर्छन् ।
    १. सडक सुरक्षा व्यवस्थापनः यसअन्तर्गत उपयुक्त सडक सुरक्षा प्रावधानहरू अंगीकार गर्ने, विभिन्न सरोकारवालाहरूसंग समन्वयको विकास गर्ने, दिगो सडक सुरक्षा रणनीति र दुर्घटना कम गर्ने लक्ष्यहरूको विकास गर्ने, दुर्घटना तथ्यांक संकलन र अनुसन्धान कार्यमा सुधार गर्ने जस्ता क्रियाकलाप पर्छन् ।
    २. सुरक्षित सडक तथा आवागमनः यसअन्तर्गत सडक डिजाइनमा अन्तर्राष्ट्रियस्तरका स्ट्यान्डर्ड लागू गर्ने, सडक सुरक्षा परीक्षण, सडक डिजाइन, निर्माण र मर्मतसम्भारमा सुरक्षा उपायहरू अवलम्बन गर्ने जस्ता क्रियाकलापहरू पर्छन् ।
    ३. सुरक्षित सवारी साधनः यसअन्तर्गत सुरक्षित सवारी साधनको उत्पादन, आयात, नियमित र प्रभावकारी मर्मतसम्भार र सञ्चालन जस्ता क्रियाकलापहरू पर्छन् ।
    ४. सुरक्षित सवारी/सडक प्रयोगकर्ताः  यस अन्तर्गत ट्राफिक नियमहरूबारे सचेतना र प्रभावकारी कार्यान्वयन, सिट बेल्ट र हेल्मेट प्रयोगको प्रभावकारितामा वृद्धि, मदिरा सेवन नियन्त्रणजस्ता क्रियाकलापहरू पर्छन् ।
    ५. दुर्घटनापछिको उद्धार र उपचारः  यसअन्तर्गत दुर्घटनामा परेकालाई तत्कालीन उपचार र दीर्घकालीन उपचारको प्रभावकारी व्यवस्था गर्ने कार्यहरू पर्छन् ।
    यी उपायहरूको प्रभावकारी अवलम्बनबाट सडक सवारी दुर्घटना घटाउन र दुर्घटना घटिहालेमा त्यसको नकारात्मक असर कम गर्न मद्दत पुग्छ । यसका लागि सडक विभागले सडक सुरक्षाकार्य योजना (२०११ २०२०) तयार गरिरहेको छ  ।
    (लेखक सडक विभागका सिनियर डिभिजनल इन्जिनियर हुन् ।)

    Monday, July 2, 2012

    Just like a mirage


    Just like a mirage

    • The word ‘consensus’ has been bandied about since 1990, but it is nowhere near being realised

    (0 Votes)
    PRAKASH K SHRESTHA, ANJAN PANDAY
    0
    consensus
    More Photos »
    JUL 02 -
    We have been hearing the phrase “political consensus” since 1990. Its use increased in 2006 with the start of the peace process. Even though the buzzword has existed in political circles for more than two decades, Nepal is yet to see its concrete realisation. Even though everybody kept reiterating the word consensus during the period following the election to the Constituent Assembly (CA), the Nepali people could not get a new constitution. Instead, Nepal is now in an unprecedented political quagmire because of an elusive political consensus, and politicians have restarted uttering the term daily.
    Political consensus refers to an agreement between political parties over certain issues. This type of agreement is necessary in a multiparty system in order to execute a common agenda for the welfare of the country. Internationally, this phrase was used to describe the practice of governance in Britain during the period 1945-1979. Britain’s two political parties, Conservative and Labour, forged an agreement over certain government policies. Similarly, US President Eisenhower was able to gain a large degree of political consensus in post-World War II period.
    In Nepal, the results of the CA election opened the necessity for parties to forge an issues-based consensus. But the political parties never made any serious efforts towards a meaningful consensus. Rather they have been busy spelling the term consensus merely as rhetoric just for personal gain.  
    Theoretically, consensus politics can generate political synergy for the benefit of the country. If we look back in history, we see that a joint effort of the Nepali Congress (NC) and the United Left Front succeeded in abolishing the 30-year long partyless Panchayat regime in 1990. After the restoration of the multiparty system too, Nepal was in dire need of political consensus to create a platform of stability, growth and prosperity. However, Nepali politics soon drifted in the wrong direction which resulted in a political stalemate.
    In 1991, the NC won the first post-Panchayat election with a majority, and Girija Prasad Koirala became the first elected prime minister. It was the right time to pave the way for institutional development. Koirala used to state frequently the necessity of political consensus to protect “infant democracy”. Although he was right in saying so, it didn’t materialise in practice. Instead, internal feuds within the NC led to the premature demise of the Koirala government as it lost a no-confidence motion. In the election that followed, no single party obtained a majority, and the country plunged into an era of political instability, providing a fertile ground for the Maoist “People’s War”.  
    Again, in the third election after the restoration of democracy, the NC won a majority in 1999 and formed the government. Yet again, internal differences within the party resulted in the government collapsing, notably three times in three years. Eventually, the party split into two, giving enough clout to then-king Gyanendra to seize power. Thrown out on to the street, the parties were forced to make compromises and join hands with one another, which resulted in the 12-point agreement with the Maoists. This led to the successful 19-day People’s Movement 2 in 2006, which changed Nepal’s political landscape by abolishing the 240-year old monarchy. These developments clearly demonstrate the synergetic gains that can be achieved when parties unite.
    However, the events that followed showed the fickleness in the political scene. After having some degree of political agreement until the declaration of a republic, the parties diverted towards a majority system in quest of political power, especially to form the government and continued the game of changing it. Even the new political force — the Maoists — behaved no differently than the old parties. Hence, in four years after the election to the CA, Nepal witnessed four governments. The outcome has, however, been worthless — the demise of the CA without promulgating a constitution. Immediately after the dissolution of the CA, the ruling Maoist party split, just repeating the history of the NC and the CPN-UML.
    All these activities of Nepal’s political parties have shown that the leaders are individualistic and unaccustomed to a party system. Fragmentation of parties has become routine, especially when they are at the helm of government. All parties are marred by intra-party conflicts. Hence, consensus is a long shot even within a party.  Surprisingly, in a country of 30 million people, we have more than two dozen parties. Although it would be undemocratic to object merely on the basis of number, what has been true in our case is that parties make or break just to grab power and to develop new power equations.  
    Nepali politics can rightly be characterised by Prisoner’s Dilemma, a widely-known game in the field of Game Theory. In this game, two prisoners failed to cooperate although such cooperation would have resulted in a win-win situation for both. They failed to cooperate due to lack of trust. Guided by individual interests, they won’t cooperate; rather, they betrayed each other, which then results in an inferior outcome for both of them. Regardless of what the other does, each prisoner gets a higher payoff by betraying the other in this game. Hence, betraying is the equilibrium solution.
    In politics, since a position in power is mutually exclusive, cooperation among different actors may not lead all of them to power concurrently. Hence, they tend to betray each other. There are powerful incentives for political leaders to choose the path of disagreement and non-cooperation for their own individual gain. The country as a whole is, however, losing in this game. In this context, unless the political leaders can think and act beyond their own individual gain, political consensus will remain elusive, and it can be realised only if there is a rotational payoff-sharing mechanism.
    Shrestha is a PhD scholar at New School for Social Research, New York and Panday is pursuing PhD at American University, Washington, DC

    Wednesday, April 18, 2012

    कृषि क्षेत्र र आर्थिक विकासको आधार


    काठमाडौ, वैशाख ६ - पछिल्लो समय प्रधानमन्त्री, अर्थमन्त्री, योजना आयोगका उपाध्यक्षदेखि केन्द्रीय बैंकका गभर्नरसम्मले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्रको विकासमा जोड दिइएको पाइएको छ । कृषि क्षेत्रको विकासमार्फत नै देशको विकास भई गरिबी निवारण हुने ठम्याइ छ । यसका लागि नीति निर्माताहरूले बैंक तथा वित्तीय संस्थाहरूलाई कृषि क्षेत्रमा ऋण प्रवाह गर्न सुझाएका छन् । कृषि क्षेत्रमा आवश्यकता बमोजिम ऋण प्रवाह हुन नसकेको र आवश्यक पँुजीको अभावले कृषि क्षेत्रमा लगानी बढ्न नसकेको आधारमा ऋण प्रवाह गर्न उत्प्ररित गरेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल ऋणको ३ प्रतिशतजति मात्र कृषि क्षेत्रतर्फ प्रवाहित भएकाले त्यसतर्फ ऋण प्रवाह गर्न दबाबमूलक नीतिहरू ल्याइएको छ ।
    नेपालमा कृषि क्षेत्रको बाहुल्यता मनग्यै छ । कुल गार्हस्थ्य उत्पादनको एक तिहाइ अंश कृषि क्षेत्रबाटै आउँछ । हुन त यो अंश तीन दशकभन्दा अगाडि ७० प्रतिशतभन्दा बढी थियो । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको अंश घट्दै गएको छ, जुन स्वाभाविक पनि हो । विश्वको अनुभवले पनि के देखाएको छ भने आर्थिक विकास हुँदै जाँदा कृषिको कुल उत्पादनमा योगदान क्रमशः घट्दै जान्छ । जस्तैः अमेरिकी अर्थतन्त्रमा कृषि क्षेत्रको अंश १ प्रतिशत छ, त्यस्तै जापानको अर्थतन्त्रमा १.४ प्रतिशत छ । उदीयमान अर्थतन्त्रका रूपमा रहेको चीनको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान १०.१ प्रतिशत छ भने भारतीय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान १९.० प्रतिशत छ । यसरी आर्थिक विकास हुँदै जाँदा कृषि क्षेत्रको योगदान घट्दै गएको पाइन्छ । यसलाई देशको विकासको तहगत प्रक्रियाको रूपमा लिइएको छ । तर कृषि क्षेत्रको समग्र अर्थतन्त्रमा अंश कम देखिएको पनि विकसित देशहरूमा कृषि क्षेत्रको उत्पादकत्व कम भएर होइन, बरु अन्य क्षेत्रको योगदान बढी भएर हो । अमेरिकामा कुल जनसंख्याको ४ प्रतिशत कृषिमा संलग्न छन्, तर उनीहरूको उत्पादनले आन्तरिक खपतको अतिरिक्त निर्यात गर्न पर्याप्त छ । अर्कोतर्फ जापान, दक्षिण कोरियामा पर्याप्त कृषि भूमिको अभावमा खाद्यान्नको आयातमा निर्भर छन्, तर ती देशहरूले आर्थिक विकास गरी विकसित देशको स्थितिमा पुगेका छन् । युरोपियन देशहरू जस्तैः बेलायत र जर्मनीको विकासको आधार पनि कृषि थिएन । समग्रमा भन्नुपर्दा कृषि क्षेत्रको विकासले मात्र आर्थिक उन्नति भएका देशहरू विरलै छन् ।
    जीवन निर्वाह गर्ने खाद्यान्न प्रदान गर्ने कृषि क्षेत्रको भूमिकालाई कम आँकलन गर्न नसकिए पनि यो क्षेत्रले आर्थिक सम्पन्नता हासिल गर्न ठूलो योगदान दिन सक्दैन । तर नेपालमा अहिले पुनः कृषिलाई प्राथमिकता दिन थालिएको छ । यो आफैमा नराम्रो त होइन, तर यो देशको सम्पन्नताका लागि कति सही बाटो हो, विश्लेषण हुनु जरुरी छ । त्यसमा पनि अहिले कृषि क्षेत्रमा बंैकिङ ऋणको मात्र अभाव छ भनेजस्तो गरेर बहसमा ल्याइएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई यस क्षेत्रतर्फ ऋण प्रवाह गर्न दबाब दिइएको छ । बैंक तथा वित्तीय संस्थाहरूले ऋण प्रवाह गरेमा कृषि क्षेत्रले फड्को मार्नेगरी  प्रचारमा ल्याइएको छ ।
    नेपालमा अन्य आर्थिक क्षेत्रहरूसंँगै कृषि क्षेत्रको विकास हुनु जरुरी छ, तर यो क्षेत्र धेरै समस्याबाट ग्रसित छ । योजनाबद्ध विकासको बाबजुद पनि सिंचाइको सुविधा पुग्नसकेको छैन । झन्डै आधाभन्दा बढी कृषि भूमि सिंचाइविहीन छ । यसतर्फ खासै ध्यान पुगेको छैन । यसबाहेक कृषि क्षेत्र परम्परागत ढंगबाट संचालित छ । आधुनिक बीउबिजनदेखि कृषि प्रविधिको व्यवस्था छैन । यससंगै कृषिमा व्यावसायिकताको अभाव छ । यसमा पनि कृषि क्षेत्र सामाजिक रुपमा अपहेलित रहेको छ । विद्यालय शिक्षा लिनासाथ कृषि क्षेत्रमा काम नगर्ने प्रवृत्ति छ । समाजमा कृषि हेय पेसाको रुपमा रहेको छ । यसैले गर्दा कृषि क्षेत्रमा केही सम्भावना भए पनि हुलका हुल युवाह विदेशिएका छन् । अधिकांश मानिस कृषि पेसाबाट जीवन सुधार हुन नसक्ने देखेर नै विदेशिएको यथार्थ हो । अहिले विदेशबाट काम गरी पठाएको विप्रेषणले गरिबी घटाउनेदेखि समष्टिगत आर्थिक स्थायित्व हासिल भएको देखिन्छ, जसका आधारमा नीति निर्माताहरूले सन्तोष लिइरहेको अवस्था छ । 
    मनसुन राम्रो भई कृषि क्षेत्रको उत्पादन बढेमात्र अहिले समग्र कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर केही उच्च रहने गरेको छ । सधैको राजनीति किचलो, ऊर्जा र पूर्वाधारको अभावमा गैरकृषि क्षेत्र शिथिल रहेकोले अहिले कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर कृषि उत्पादनमा भर पर्नुपर्ने अवस्था छ । तर यसैका आधारमा लामो समयका लागि नेपालको आर्थिक विकासको मूल आधार कृषि हुनसक्ने देखिंदैन । नेपाल कृषिप्रधान देश भए पनि प्रतिस्पर्धात्मक क्षमता छैन र उत्पादकत्व कम छ । भारतसंँगको खुला व्यापार र खुला सिमानाको अवस्थामा नेपालको कृषि क्षेत्रले भारतीय कृषि उपजसंँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था छैन । यसमा पनि लामो समयसम्म स्थिर राखिएको भारतीय रुपैयाँसंँगको विनिमय दरले गर्दा नेपाली रुपैयाँ अधिमूल्यित भइरहेको अवस्थामा कृषि उत्पादनले निर्यात बढाउन नसक्ने मात्र होइन, आयात प्रतिस्थापन गर्न पनि गाह्रो छ ।
    मानव जीवनका लागि कृषि प्रमुख क्षेत्र भए पनि यसैको आधारमा मात्र देशले सम्पन्नता हासिल गर्न सक्दैन । कृषि उपज आयतन धेरै मूल्य कम हुने वस्तु हो । ट्रकका ट्रक सामान निर्यात गरे पनि उच्च मूल्यका एक झोला सामान खरिद गर्न नसकिने क्षेत्र हो । लामो समय भण्डार गर्न नसकिने र भण्डारण गर्न उच्च लागत लाग्ने हुँदा कृषि क्षेत्रले अन्य उत्पादनका क्षेत्रसंग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसमा पनि कृषि उपजको मूल्य र आम्दानी लचकता कम हुने हनाले मूल्य घटाएर बढी बेच्न सकिने र आम्दानी बढ्दा बढी खपत पनि हुँदैन । त्यसमा पनि उत्पादन राम्रो भएको बेला मूल्यमा गिरावट आउने तर मूल्य बढेको बेलामा बेच्ने उत्पादन नै नहुने स्थिति हुनेहुँदा किसानहरूको जीवनस्तर उठ्न कठिन हुन्छ ।
    त्यस्तै वैकल्पिक रोजगारीको अभावमा दुई तिहाइ जनशक्ति कृषिमा आश्रति भएको देखिए पनि यो त्यति रोजगारीमूलक क्षेत्र होइन । कृषि क्षेत्रमा मौसमी रोजगारी बढी हुने हुनाले नै नेपालको अर्धवेरोजगारीको दर बढिरहेको छ । परम्परागत रुपमा कृषि नै प्रमुख पेसा भए पनि पूर्ण रोजगारीको अभाव र कष्ठकर जीवनस्तरले गर्दा नै कृषि पेसाबाट पलायन हुने प्रचलन बढेको छ । यसले गर्दा कृषि श्रमिकको अभाव बढ्दै गएकोले कृषि तुलनात्मक लाभको क्षेत्रका रुपमा रहने देखिंदैन ।
    मुख्य गरेर सिंचाइको उचित व्यवस्था नभएसम्म मौसममा आधारित कृषि क्षेत्रमा उच्चतम जोखिम रहेको छ । यसका अतिरिक्त व्यावसायिक हुन बाँकी रहेको कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जाप्रवाह गर्न दबाब दिँदा वित्तीय जोखिम बढ्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ । वास्तविक किसानहरूभन्दा पनि अन्य व्यक्तिले कृषि क्षेत्रको नाममा बैंक ऋण लिई अन्य क्षेत्रमा उपयोग नगर्लान् भन्न सकिन्न । वास्तावमा किसानहरू बैंक ऋणभन्दा पनि समयमा मल र आधुनिक बीउबिजन नपाएको र मौसममा आधारित रहनुपरेको अवस्था छ । यस अवस्थामा दबाबमूलक ऋण प्रवाहले किसानहरूको ऋण ग्रस्तता बढाई जीवन झन् कष्ठकर हुनसक्छ । छिमेकी देश भारतका केही ठाउँहरूमा लघु वित्तीय ऋण प्रवाहले गर्दा गरिबी घटाउनुको सट्टा न्यून आय भएका मानिसहरूको आत्महत्या बढाएकोतर्फ नीति निर्माताहरूको ध्यान जानुपर्छ ।
    राजनीतिक कचिंगलको अवस्थामा सरकारी तवरबाट कृषि क्षेत्रलाई दिइएको प्राथमिकता र चर्चा पञ्चायतकालको आधारभूत आवश्यकता र एसियाली मापदण्डको नाराजस्तै हुनसक्ने देखिन्छ । वास्तवमा युद्धस्तरमा सडक, सिंचाइ, जलविद्युतजस्ता पूर्वाधार निर्माण गरी उद्योग र सेवाक्षेत्र लगायतका आधुनिक क्षेत्रतर्फ विकास गर्दै लगेमा कृषि क्षेत्रको उत्पादकत्व बढ्ने सम्भावना रहन्छ । कृषि क्षेत्रतर्फ वास्तविक किसानलाई बीउबिजन, मल तथा सिंचाइको सहज आपूर्ति गराई उत्पादन लागत घटाएर भारतीय उत्पादनसंग प्रतिस्पर्धी नबनाएसम्म कृषि क्षेत्रबाट ठूलो अपेक्षा गर्नसक्ने स्थिति देखिंदैन । समग्र हरित क्रान्ति अथवा कृषि क्रान्ति गर्न सकिएमा भने अर्थतन्त्रमा केही परिवर्तनको अपेक्षा गर्न सकिएला ।

    प्रकाशित मिति: २०६९ वैशाख ६ १०:४८ 

    Friday, March 23, 2012

    Nepal has underutilized trade opportunities with India' 
     
    REPUBLICA
    KATHMANDU, March 24: Despite enjoying zero tariff entry facility on most of the goods to India, which has a huge market potential, Nepal has largely underutilized the opportunities it holds in penetrating market and expanding exports to the next-door neighbor in the south, shows a latest report.

    For instance, the total import demand for iron and steel in India in 2010 was close to $8 billion. 

    But Nepal´s share of that was only 1.22 percent. Similarly, Nepal´s share of exports in India´s total imports of other exportable items on which Nepal has comparative advantage, including edible vegetables, copper articles, edible fruits and nuts among others, is below 2 percent. 

    According to the report unveiled in Kathmandu on Friday, the reason behind low exploitation of available market potential in India is due to supply side constraints such as infrastructure, human capital, access to finance and technology, and labor issues. Touching upon the debate over the pegged exchange rate with India, the report notes that there is no decisive evidence to change the peg despite real exchange rate appearing to be revalued. 

    "Devaluation is helpful if constraints like weak economic fundamentals, institutional and political fluidity and weak industrial and tradable sector is taken care of," reads the report. 

    The report that is totally focused on Nepal-India trade has outlined that Nepal has a highest degree of trade intensity with India after Bhutan. "Nepal´s export basket is heavy with low-value products like ferrous metals, chemicals, crops and food products," states the report. The report prepared by South Asia Watch on Trade, Environment and Economics (SAWTEE) with the help of United States Agency for International Development (USAID) argues that Nepal has not been diversifying its production to increase the volume of export. 

    According to the report, the non-tariff barriers that are hindering Nepal´s export to India are quarantine related issues, rules of origin, transport hassles, technical barriers to trade, quantitative restriction, domestic production and transit state permit. "Quarantine related issues have 39 percent of share in obstructing export to India," reads the report. 

    Moreover, the report argues that Nepal should ratify the Special Economic Zone bill as soon as possible. "There are issues that should be addressed in domestic level and by India as well," the report states, adding: "The Inter-governmental Committee meeting between Nepal and India should address the issues like transporters´ accessibility and transit issues." 

    The report also argues that the article III of Treaty on Control of Unauthorized Trade between Nepal and India should be reviewed and it should be open for the items that are imported for use in agriculture, manufacturing and service sector.
     


    Published on 2012-03-24 01:45:36

    Wednesday, March 21, 2012

    Parasitical State: Economic Consequences of Remittance
    By Anjan Panday/Prakash Kumar Shrestha   
    Monday, 13 February 2012 11:54 
    nepalnews.com
    smaller text tool iconmedium text tool iconlarger text tool icon
    Increasing dependency on remittances has resulted in a number of negative consequences for the Nepalese economy, making it a parasitical economy suffering from the ‘Dutch-disease’ type effects.

    Remittance inflow has been growing substantially in recent years with a growing outflow of workers for foreign employment. Evidently, the inflow of remittance has contributed to reduce the level of absolute poverty, as found in the recent living-standard survey, even amidst political instability and economic stagnation. Despite this, increasing dependency on remittances has resulted in a number of negative consequences for the Nepalese economy, making it a parasitical economy suffering from the ‘Dutch-disease’ type effects.

    In the last decade, remittances have grown tremendously. Remittance as a percentage of GDP was 2.03 in 2000, which reached 14.9 by 2005, and 23.2 in 2009. The number fell marginally to 22.09 in 2010. This number does not include remittances through informal channels and the contribution of a large number of workers in India. If we also consider these unrecorded remittances, it becomes clear to see what holds key for the survival of our economy.

    Remittances in Nepal primarily have three economic implications. First, it is a stable and growing source of the foreign-exchange reserve in the country. This is vitally important from the point of view of macroeconomic stability. Second, it is the important source of income of more than 56 percent of households. Third, when remittances are received through financial institutions, it increases money/credit base and enhances liquidity in the system.

    While increases in the household income directly increase the amount of disposable income, the expansion of liquidity in financial institutions tends to ease credit availability for individuals and businesses. The cumulative effect of the two can be seen in the rise in consumption in recent years. Most of demand generated from these spending is, however, met through imports.  With a low-level of domestic production, increases in imports increase trade deficit. An overvalued real exchange rate deteriorates this situation even further, since it promotes imports while discouraging exports. In our case, overvaluation is largely driven by the rigid peg with the Indian currency for a long time. Finally, increases in consumption also put pressure on prices to rise, helping the currency to be overvalued.

    Apart from its impact on consumption and trade, increases in remittances have not translated into productive investment. In the absence of productive investment, caused primarily by collapse in the business and investment environment, remittances have continued to just facilitate a consumption-based city-centric economy.  Increasingly, our economy is turning into a retail-trading hub, where money spent generates less in productive investment and more in imports. A bulk of imports goes into meeting the basic needs of our society like petroleum products and primary goods.

    Ironically, the most adverse impact seems to have been on the industrial sector. Our industrial sector has already been losing its strength despite trade liberalization, accession to WTO, and membership to regional trading blocs like SAFTA and BIMSTEC. With increase in remittances and the possibility of overvalued exchange rate, this sector is further undermined, especially those with export potential.  Add to this the power shortage and never ending labor conflict. This makes clear to see why we have been losing when our neighbors like Bangladesh has been maintaining a robust economic growth despite political instability.

    Taken together, the impact of remittances on household, and businesses has resulted in a larger trade deficit.  For example, trade deficit as a percentage of GDP was 9.14 in 2000, which increased to 14.9 in 2005, and 21.1 in 2009. We will continue to see further worsening of the situation if the current situation persists.

    In fact, we are highly dependent on remittance and remain absolutely vulnerable to any shock that will depress remittances flow for even a modest period of time as we saw recently.  In the aftermath of the 2008 financial crisis, the growth rate of remittances slowed significantly—from 46% to 11% between 2007/08 to 2009/10—which immediately hit our current account.  The impact was severe enough to turn the overall balance of payments into negative, prompting the central bank to seek an IMF-loan in June 2010. At the same time, the banking system witnessed serious liquidity crisis, almost ensuing instability in the financial sector. Thus, there exists a loop starting from remittances to consumption to trade deficit, and to the financial sector. Only after the recovery of remittance inflows in the beginning of the fiscal year 2011/12, the balance of payments started to be in the surplus, thereby easing the liquidity situation of the banking system.

    The inflow of remittance has been possible because of massive exodus of youth. Several media recently reported about 40000 workers leaving every month to Gulf States and other destinations. A large number go to India which is not often reported in the media. By any account, that is a substantial number. Although this trend has been easing a job crisis at home, it will have serious economic and social consequences.

    Yet foreign employment may not be a long-term solution for employment, and remittance inflows will not make economy productive and competitive. One obvious example of this is on rising pressure on wages because of such mass exodus of workers. There are many anecdotal stories of people having to pay much more even for a menial work. Moreover, import-based consumption supported by remittance cannot generate employment. More importantly, workers at lower-skill end, which constitute the bulk of our workers, are vulnerable to several other factors including long-term structural changes in the host country, rapidly changing technology, and the short-term nature of the work.

    To summarize, we are in a conundrum — while remittance is indispensible, we also suffer from its adverse effects.  Hence, our dependency on remittance can best be characterized as parasitical in nature. Unless we change we will be in no different position than a parasite which eventually dies when the host rejects it. Our policy makers better recognize the need to generate employment in the country and do all that is necessary to develop a healthy and sustainable economy.

    (Panday and Shrestha are PhD candidates at the American University, Washington DC, and The New School for Social Research, New York, respectively.)

    Wednesday, September 28, 2011

    विदेशिने र बसाइँ सराइँ बढेका कारण वृद्धिदर घट्यो



    Wednesday, 28 September 2011 08:12 नागरिक


    ज्ञान न्यौपाने, काठमाडौं, असोज ११- नेपालको जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ पुगेको छ। दस वर्षअघिको तुलनामा करिब ३४ लाख ७० हजार थपिएका छन्। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको जनगणना २०६८ को प्रारम्भिक नतिजाले काठमाडौं उपत्यकामा धेरैको अनुमानभन्दा निकै थोरै जनसंख्या देखाएको छ।


    राजधानी काठमाडौं, ललितपुर र भक्तपुरमा जम्मा २५ लाख १० हजार ७ सय ८८ जना बस्छन्। यी तीनै जिल्लाबाट विदेश गएकासमेत जोड्दा पनि साढे २६ लाख नाघ्दैन।

    कुल जनसंख्यामा १ करोड २९ लाख २७ हजार ४ सय ३१ (४८.५६ प्रतिशत) पुरुष र १ करोड ३६ लाख ९३ हजार ३ सय ७८ (५१.४४ प्रतिशत) महिला छन्। जनघनत्व १ सय ५७ प्रति वर्गकिलोमिटरबाट १ सय ८१ पुगेको छ। काठमाडौंमा सबभन्दा बढी ४ हजार ४ सय ८ जनघनत्व छ भने मनाङमा सबभन्दा कम ३ छ।


    जनसंख्या वृद्धिदर घट्यो

    विभागका अनुसार नेपालको जनसंख्या वृद्धिदर ५० वर्षकै सबभन्दा कम १.४० प्रतिशतमा झरेको छ। यो दस वर्षअघिको जनगणनाभन्दा ०.८५ विन्दु कम हो।

    २०१८ को जनगणनामा १.३१ प्रतिशत वृद्धिदर थियो। त्यतिखेर कुल जनसंख्या ९४ लाख १३ हजार थियो। त्यसपछि २०५८ सम्म वृद्धिदर लगातार दुई प्रतिशतकै हाराहारी रह्यो।


    किन घट्यो?

    विभागको जनसंख्या महाशाखा प्रमुख रुद्र सुवालले बसाइसराइ बढ्नु र प्रजनन् दर घट्नुले जनसंख्या वृद्धिदर कम भएको बताए।


    'विदेश गएकाहरूको संख्या अत्यधिक वृद्धि हुनु पनि यसको कारण हो,' उनले भने 'यसले स्वदेशमा रहेको जनसंख्या घट्ने, विदेश जानेको बढ्ने भइरहेको छ।'


    जनगणनाको तथ्यांकले १९ लाख १७ हजार ९ सय ३ विदेशमा रहेको देखाएको छ। यसअघि ७ लाख ६२ हजार १ सय ८१ विदेशमा थिए। विदेशिएकामध्ये ८६.७ प्रतिशत पुरुष र १३.३ प्रतिशत महिला छन्। त्यस्तै, ग्रामीण क्षेत्रका ८५.३८ र सहरी क्षेत्रका १४.६२ प्रतिशत विदेशिएका छन्।


    जनसंख्या विशेषज्ञ सरदकुमार शर्मा विदेशिनेमा प्रजनन् दर बढी हुने उमेर समूहका युवा पुस्ताको बाहुल्य भएकाले समग्र जनसंख्या वृद्धिमा असर परेको बताउँछन्। 'प्रजनन् दर घट्दा स्वाभाविक रूपले जनसंख्या वृद्धिदरमा प्रभाव पर्छ,' उनले नागरिकसँग भने।



    कहाँ कति?

    काठमाडौंको जनसंख्या कति पुग्यो? धेरैको अनुमान थियो, ४० लाख वा ५० लाख। जनगणना २०६८ ले यो अनुमानलाई गलत साबित गरेको छ। राजधानी काठमाडौंमा सबभन्दा बढी १७ लाख ४० हजार ९ सय ७७ जना बस्छन्। ललितपुरमा ४ लाख ६६ हजार ७ सय ८४ र भक्तपुरमा ३ लाख ३ हजार २७ छन्। काठमाडौंबाट ९७ हजार, ललितपुरबाट २३ हजार र भक्तपुरबाट ९ हजारभन्दा बढी विदेशिएको तथ्यांक पनि जनगणनाले देखाएको छ।



    धेरैले सोचेभन्दा कम जनसंख्या देखिए पनि जनसंख्याविद्हरू यसलाई स्वाभाविक भन्छन्। काठमाडौंमा शैक्षिक, प्रशासनिक लगायत विभिन्न कारणले जिल्लाबाट वर्षैभरि आउजाउ भइरहन्छ। तर, तिनीहरू यहाँका स्थायी होइनन्। काम सकेपछि फर्कन्छन्। यस्तो आउनेजाने क्रम वर्षभरि चलिरहन्छ। यसले एकचोटिमा ४०-५० लाखजस्तो भान भए पनि खास जनसंख्या त्यति धेरै हुँदैन।



    काठमाडौंपछि दोस्रो बढी जनसंख्या भएकोमा मोरङ छ। यहाँ ९ लाख ६४ हजार बसोबास गर्छन्। तेस्रो स्थानको रुपन्देहीमा ८ लाख ८६ हजार, चौथोमा झापा ८ लाख १० हजार र पाँचौंमा कैलाली ७ लाख ७० हजार छ।



    सबभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा ६ हजार ५ सय २७ छ भने मुस्ताङमा १४ हजारभन्दा कम। त्यसपछि डोल्पा, रसुवा र हुम्ला पर्छ।



    कुल जनसंख्याको आधा तराई क्षेत्रमै छन्। दस वर्षअघि ४८ प्रतिशत तराईमा बसोबास गर्थे। हिमाली क्षेत्रमा ६.७४ र पहाडमा ४३.११ प्रतिशत छ। यसअघि हिमालमा ७ र पहाडमा ४४.३ प्रतिशत थियो।



    विकास क्षेत्रका आधारमा सबभन्दा बढी मध्यमाञ्चल (३६.५ प्रतिशत) र सबभन्दा कम सुदूरपश्चिमाञ्चल (९.६ प्रतिशत) छ।



    कुल जनसंख्याको १७ प्रतिशत सहरी र बाँकी ८३ प्रतिशत ग्रामीण क्षेत्रमा छन्। सहरी जनसंख्या वृद्धिदर ३.३८ र ग्रामीणमा १.०३ प्रतिशत छ। यसले ग्रामीणबाट सहरी क्षेत्रमा बसाइसराइ तीव्र रहेको देखाउँछ।



    जनगणनाअनुसार २३ जिल्लामा जनसंख्या वृद्धिदर अघिल्लोभन्दा घटेको छ। खासगरी द्वन्द्वको चपेटामा परेका जिल्लामा जनसंख्या कम भएको देखिन्छ।



    'यो प्रारम्भिक नतिजा हो, पछि घटबढ हुनक्छ,' सुवालले भने, 'कम्प्युटर प्रोसेसिङका बेला

    यसमा सामान्य परिवर्तन आउँछ।'



    अघिल्लो जनगणनामा पनि प्रारम्भिकभन्दा केही फरक नतिजा आएको विभागले जनायो। महानिर्देशक उत्तमनारायण मल्लका अनुसार त्यतिखेर एक लाखभन्दा कम फरक परेको थियो।



    दस वर्षमा १४ लाख परिवार थप

    दस वर्षमा कुल १४ लाख ६ हजार ७ सय ६४ परिवार थप भएको गणनाले देखाएको छ। अहिले परिवार संख्या ५६ लाख ५९ हजार ९ सय ८४ छ। नतिजाअनुसार देशभर ४७ लाख ६७ हजार १ सय ९६ घर छन्। घर र परिवारको अनुपातमा प्रत्येक सय घरमा औसत १ सय १९ परिवारको बसोबास रहेको पाइएको छ।



    जनगणनाले परिवारको आकार पनि पहिलेभन्दा सानो भएको देखाएको छ। यसअघि ५.४४ सदस्य रहेको एक परिवारमा अहिले ४.७० रहेको विभागले जनाएको छ।





    छ दशकदेखिको जनसंख्या



    वर्ष/वि.सं. जनसंख्या/हजारमा वार्षिक जनसंख्या वृद्धिदर/प्रतिशतमा

    २०१८ ९,४१३ १.३१

    २०२८ ११,५५६ २.०५

    २०३८ १५,०२३ २.६२

    २०४८ १,८४,९१ २.०८

    २०५८ २,३१,५१ २.२५

    २०६८ २,६६,२१ १.४०





    बसोबास बढी भएका ५ जिल्ला

    काठमाडौं- १७,४०,९७७

    मोरङ - ९६४,७०९

    रुपन्देही- ८८६,७०६

    झापा- ८१०,६३६

    कैलाली- ७७०,२७९

    Wednesday, August 31, 2011

    अस्थिर राजनीति र स्थिर विनिमय दर

    नेपालको राजनीतिक अस्थिरताले सबै वाक्क भएको स्थिति छ । वि.सं. २०५२ सालदेखि नै राजनीति अस्थिर छ । यो अस्थिरताको टुंगो लाग्ने संकेत देखिँदैन । त्यस्तै नेपालमा मूल्य पनि अस्थिर र उच्च छ । अनि आर्थिक वृद्धिदर पनि अस्थिर र न्यून छ । तर, यही अस्थिरतामा एउटा कुरा भने स्थिर छ । त्यो हो नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको विनिमय दर । २०४९ सालदेखि यो स्थिर रहेको छ- एक सय भारतीय रुपैयाँ बराबर एक सय साठी नेपाली रुपैयाँ ।

    यदि सो अवधिमा विनिमय दर स्थिर भएझैं नेपालको राजनीति पनि स्थिर भइदिएको भए सायद नेपाल दक्षिण एसियामा समृद्ध देश भइसक्ने थियो । यसरी हुनुपर्ने कुरा स्थिर भएन तर समयअनुसार परिवर्तन भइरहनुपर्ने कुरा स्थिर भइरहेको छ । यसले गर्दा आर्थिक क्षेत्र निस्साएकिो छ । सीधा सम्बन्ध नदेखिए पनि कतै स्थिर विनिमय दरले राजनीतिक अस्थिरता बढाएको त होइन ? यदि बजारमा आधारित विनिमय दर हुँदो हो त राजनीतिक नौटंकी र आर्थिक गतिहीनता विनिमय दरमा प्रतिबिम्बित हुने थियो । जसले गर्दा कतै राजनीतिका हर्ताकर्ताले अर्थतन्त्रतर्फ सोच्न बाध्य भई राजनीतिक नौटंकीमा केही कमी आउँथ्यो कि ।

    नेपालको विनिमय दरको इतिहास हेर्ने हो भने २०१७ सालसम्म भारतीय रुपैयाँसँगको विनिमय दर बजार निर्धारित थियो । तर, त्यतिखेर सरकारी राजस्वसमेत भारतीय मुद्रामा संकलन गर्ने गरिन्थ्यो । यस्तो अवस्थामा नेपाली मुद्राको प्रचलन बढाउने उद्देश्यले २०१७ सालमा भारतीय रुपैयाँसँग स्थिर विनिमय दर तोकियो । त्यतिखेर तोकिएको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दर र अहिलेको विद्यमान विनिमय दर एउटै छ ।

    २०१७ सालपछि भारतीय रुपैयाँसँगको विनिमय दरलाई पटकपटक परिवर्तन गरिएको छ । २०२३ सालमा झन्डै नेपाली रुपैयाँ भारतीय रुपैयाँ बराबर थियो- एक सय भा.रु. बराबर एक सय एक नेपाली रुपैयाँ । तर, यो दर धेरै समय टिकेन, डेढ वर्षपछि नै नेपाली रुपैयाँलाई अवमूल्यन गर्न थालियो । पटकपटक अवमूल्यन गर्दै जाँदा २०४२ सालमा विनिमय दर एक सय भा.रु. बराबर १६८ ने.रु. थियो । यहाँसम्म अवमूल्यन गर्दै आइएकामा २०४८ मा नेपाली रुपैयालाई पुनर्मूल्यन गरी भा.रु. एक सय बराबर ने.रु. १६५ बनाइयो । खास गरी यो समयमा भारतमा भुक्तान सन्तुलन घाटामा गएको थियो र भारतले भारतीय मुद्रालाई अन्य मुद्रासँग उल्लेख्य मात्रामा अवमूल्यन गरेको थियो ।

    बाह्य क्षेत्रको उदारीकरण गर्ने सिलसिलामा २०४८ फागुन २१ गते चालु खातालाई आंशिक परिवत्र्य बनाइयो । यसको झन्डै एक वर्षपछि २०४९ -१९९३ मार्च) माघ २ गते चालु खातालाई पूर्ण परिवत्र्य बनाइयो र नेपाली रुपैयाँलाई थप पुनर्मूल्यन गरी एक सय भा.रु बराबर एक सय साठी कायम गरियो । तत्पश्चात् भने विगतमा सक्रिय रहेको नेपालको विनिमय दर नीति निष्त्रिmय रहँदै आएको छ । यसरी विनिमय दरलाई नचलाइराखेको १९ वर्ष भइसक्यो । यो समयमा झन्डै बर्सेनि सरकार फेरिए तर विनिमय दर फेरिएको छैन ।

    विनिमय दर स्थिर हुनुलाई सीधा रूपमा नराम्रो ठान्नुपर्ने देखिँदैन । त्यसमा पनि नेपालको आर्थिक हैसियत र व्यापार संरचनालाई हेर्दा बजार निर्धारित विनिमय दर आत्मसात् गर्ने आत्मबल आइसकेको देखिँदैन । तर पनि वास्तविक विनिमय दरलाई स्थिर राख्ने गरी बजारमा प्रयोग हुने विनिमय दरलाई समयानुकूल परिवर्तन गरिनुपर्ने हो । तर, त्यसो हुन सकिराखेको छैन ।

    अरू केही स्थिर नभए पनि विनिमय दर त स्थिर छ । यसले के बिगारेको छ भन्ने प्रश्न उठ्न सक्छ । तर, यति लामो समयसम्मको भा.रु. सँगको स्थिर विनिमय दरले केही नकारात्मक असर पारेको छ । भा.रु. सँगको स्थिर विनिमय दरका कारण नेपाली रुपैयाँको अन्य विदेशी मुद्रासँगको विनिमय दरमा अनावश्यक उतारचढाव भइरहेको छ । यसले गर्दा नेपालको तेस्रो मुलुकसँगको बाह्य कारोबार प्रभावित भई बाह्य व्यापार भारतमुखी हुँदै गएको छ । अझ मुख्य कुरा त, नेपालको वास्तविक विनिमय दर अधिमूल्यित भएको छ । यसले गर्दा निर्यात नराम्री प्रभावित भएको छ । हुन त, राजनीतिक अस्थिरता र ऊर्जाको अभाव पनि प्रभाव पार्ने कारक हुन् तर तथ्यांकलाई हेर्दा नेपालको निर्यात र वास्तविक विनिमय दरबीच सीधा सम्बन्ध देखिन्छ ।

    २०४९ साललाई आधार मान्दा २०५९ सम्म नेपालको भारतीय रुपैयाँसँगको वास्तविक विनिमय दर न्यून मूल्यित हुँदै गएको थियो । सो अवधिमा निर्यात पनि सुधार हुँदै गई २०५७/५८ मा कुल गार्हस्थ्य उत्पादनको १४.१ प्रतिशत पुगेको थियो । तत्पश्चात् नेपाली रुपैयाँको भा.रु. सँगको वास्तविक विनिमय दर अधिमूल्यित हुन थालेपछि निर्यात क्रमशः खस्कँदै गएको देखिन्छ । आर्थिक वर्ष २०६६/६७ मा नेपालको निर्यात कुल गार्हस्थ्य उत्पादनको ५.२ प्रतिशतमा झरेको छ । यसै अवधिमा नेपालले विश्व व्यापार संगठनलगायत साफ्टा र बिमस्टेकको सदस्यता लिएको छ ।

    व्यापारका लागि सहयोग कार्यक्रम सञ्चालन गरी वैदेशिक सहायतामा निर्यात व्यापार बढाउन ठूलठूला चिल्ला प्रतिवेदनहरू पनि तयार पारिएका छन् । तर, निर्यात व्यापार भने खस्कँदै छ र व्यापार घाटा बढ्दो छ ।

    निर्यात प्रबर्द्धनका माध्यमबाट चीनलगायत पूर्वी एसियाली देशहरू आर्थिक वृद्धि बढाउन सफल भइरहेका छन् । यसका लागि उनीहरूले विनिमय दर नीतिलाई चनाखोपूर्ण ढंगले प्रयोग गरिराखेका छन् । अमेरिकी धम्कीका बाबजुद पनि चीनले आफ्नो मुद्रा अधिमूल्यन हुन दिइराखेको छैन । भारत पनि यसतर्फ चनाखो छ । तर, नेपालले भने विनिमय दर नीतिलाई बेवारिसे रूपमा निष्त्रिmय छाडेेको छ ।

    विनिमय दर अधिमूल्यित हुन जाँदा निर्यात नकारात्मक रूपमा प्रभावित भई समग्र आर्थिक वृद्धिदर खस्कन जान्छ । आर्थिक वृद्धिदर कम हुँदा रोजगारीका अवसरहरू घट्न जान्छन् । अहिले नेपालमा यही भइरहेको छ । नेपालमा रोजगारी पाउन कठिन छ । यसले गर्दा वैदेशिक रोजगारी मात्र नेपालीको बाँच्ने आधार भएको छ । पराम्परादेखि मुग्लान पस्न बानी परेका हामी नेपालीलाई मध्यपूर्व र पूर्वी एसियाली देशहरूको आर्थिक सम्पन्नताले कम्तीमा जिउने आधार प्रदान गरेको छ ।

    वास्तवमा बर्सेनि ३ देखि ४ लाख युवा जनशक्ति वैदेशिक रोजगारीमा गएर मात्र अहिलेको भा.रु. सँगको स्थिर विनिमय दर यति लामो समय टिकेको हो । विप्रेषण आप्रवाहले भुक्तान सन्तुलन थामेकाले नै एउटै स्थिर विनिमय दर यति लामो समयसम्म रहेको हो । विप्रेषण आप्रवाह अलिकति प्रभावित हुनासाथ गत वर्षदेखि भुक्तान सन्तुलन घाटामा गएको छ । यसलाई सुधार गर्न आयातमा नियन्त्रणदेखि मौदि्रक नीतिलाई कडा पारिएको छ । यसको प्रभाव वित्तीय क्षेत्रमा नकारात्मक रूपमा देखा परिसकेको छ ।

    अन्तमा, सधैं गोलचक्कर लगाइरहने नेपालको राजनीति तथा सरकार र नीतिगत विश्लेषणलाई ओझेलमा पारिराखेको व्यवस्थापनमुखी केन्द्रीय बैंकले तत्काललाई विनिमय दर नीतितर्फ ध्यान दिने देखिँदैन । त्यसैले, नेपालीका लागि बढ्दो व्यापार घाटा, भुक्तान सन्तुलनमा चाप र त्यसमा पनि मुख्य गरेर बढ्दो बेरोजगारी बेहोर्नुको विकल्प छैन ।

    प्रकाशित मिति: २०६८ भाद्र १४ ०९:२९ kantipur