Map of Nepal

Map of Nepal

Saturday, April 13, 2013

लोकमार्गले ल्याएको उत्साह


शनिबार, २०६९ चैत्र ३१ 

    (1 Vote)
    ganesh rai
    उच्च शिक्षा लिन भनेर राजधानी छिरेका तेह्रथुमका उदयराज लिम्बुले एमबीएस पास गरे । एउटा प्राइभेट कम्पनीमा उनको राम्रै जागिर थियो । तर मध्यपहाडी लोकमार्गले गृहजिल्ला तेह्रथुमको अधिकांश भाग छोएको देखेपछि उनको मन राजधानीमा थामिएन । जागिर  छोडेर उनी गाउँ फर्के र उद्यमतिर लागे । उनले साथीभाइसँगको साझेदारीमा जिल्लाकै सोल्मा-३ लसुनेमा करिब १ करोड रुपैयाँ लगानीमा तीनजुरे वाइन इन्डस्टि्रज खोलेका छन् । 'गाउँमा खेर गएका मेल, बेल, नासपाती, आरुबखडा, अंगुर, स्याउजस्ता फलफूल संकलन गरी फ्रुट वाइन उत्पादन सुरु गरेका हौं', उनी भन्छन्- 'स्थानीय उत्पादनलाई प्रश्रय दिने हाम्रो उद्देश्य हो । उद्योगको सुरुमा उत्पादन क्षमता १ लाख बोतल रहेको छ ।
    मध्य पहाडी लोकमार्गले ओखलढुंगा थाक्ले-९ का यातायात व्यवसायी दिनेश राई पनि उत्साहित बनेको छ । झन्डै एक दशकको व्यावसायिक अनुभव भएका उनी यातायातमा अझ लगानी गर्ने सोचमा छन् । अहिले लोकमार्ग विस्तारसँगै काठमाडौं पूर्वमा मध्यपहाडी, हिमाल-तराई, सगरमाथा, हिमाली र खोटाङ यातायात व्यवसायी संघहरू खुलेका छन् । ती संघ अन्तर्गत साढे तीन सय यात्रुवाहक बस आलोपालो चलाउने गरेका छन् । 'बाटो अझै बन्दै गरेको साँघुरो र पिच नभइसकेकोले चाहेजति यात्रु पाउन सकिएको छैन', उनको चिन्ता छ- 'अझै सुनकोसी, दूधकोसी, तमर नदीमा पुल बनेको छैन र सडक पिच पनि भएको छैन ।'
    मध्य पहाडी लोकमार्गले देशको पूर्व-पश्चिम छोएपछि तेह्रथुमका उदय र ओलखढुंगाका दिनेशमात्रै होइन, धेरै युवाहरूका सोच र सपना फेरिएका छन् । दूरदराजका विगत गाउँमा सडक सञ्जाल फैलिन थालेपछि त्यसलाई सामाजिक-आर्थिक समृद्धिको अवसर र आधार बनाउन अरु थुप्रै युवा समुदाय लागिपरेको छ ।
    खोटाङको दिक्तेलकै कुरा गरौं, कतिपयले यस ठाउँलाई पूर्वको कर्णाली भन्थे । अब सडक आएपछि जनता उद्यमतिर अग्रसर भइरहेका छन् । खोटाङको जाल्पा गाविसस्थित जनसेवा समाजका कार्यकारी प्रमुख विकास राईका अनुसार जिल्लाका ७६ गाविसमध्ये ३५ वटामा कृषिमा व्यावसायीकरण थालिएको छ । 'निर्वाहमुखी कृषिलाई तुरुन्तै परिवर्तन गर्न गाह्रो रहेछ', भन्छन्, 'किसान-किसान कृषि प्रसार कार्यक्रम अघि सारेका छौं । अर्गानिक खेतीका निम्ति गाविसले अनिवार्य १५ प्रतिशत बजेट छुटाएका छन् भने हामी आफैंले म्याचिङ फन्डको व्यवस्था गरेका छौं ।' त्यस बाहेक तीनसय किलोवाटको तापखोला जलविद्युत आयोजना अन्तिम तयारीमा पुगेको छ । यो आयोजना जिल्लामा सञ्चालन तयारी गरिएका माइक्रो हाइड्रो प्रोजेक्टहरूमध्ये सबैभन्दा बढी क्षमताको पर्छ । पूर्वसांसद टंक राई र पूर्वसभासद अर्जुन राईको अगुवाइमा छुट्टाछुट्टै माइक्रो हाइड्रो पावर पनि निर्माण भइरहेको छ ।
    मध्य पहाडी लोकमार्ग राष्ट्रिय कार्ययोजनामा त्यतिखेर पर्‍यो, जुनबेला मधेस आन्दोलन चर्किएको थियो । मधेस आन्दोलनका कारण आवागमन अवरोध भएपछि यातायात व्यवसायीले महेन्द्र राजमार्गको महोत्तरीको बर्दिबासदेखि पूर्व सप्तकोसी चतरासम्म यातायात वैकल्पिक बाटोबाट गाडी चलाए । कान्तिपुरले लेखेको थियो, 'चुरेको फेदैफेद वैकल्पिक बाटो ।' सरकारले पहाडलाई जोड्ने वैकल्पिक बाटो बन्नसक्ने देखेर हुनुपर्छ, त्यसलाई पुष्पलाल (मध्यपहाडी) लोकमार्गको राष्ट्रिय कार्ययोजनामा राख्यो । नेपालको मध्यपहाडी भूभागका जिल्लाहरूलाई यातायात सञ्जालमा जोडेर त्यस क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, शैक्षिक लगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने अभिप्रायःले आर्थिक वर्ष २०६४/०६५ देखि यो लोकमार्ग निर्माण योजना सञ्चालन गरिएको हो ।  
    पूर्वमा भारतसँग जोडिएको नाका पाँचथरको चियाभञ्ज्याङदेखि पश्चिममा बैतडीको महाकाली नदी सीमा झुलाघाटसम्म १७६५ किलोमिटर सडक सञ्जाल जोडिइसकेको छ । यसलाई पुष्पलाल लोकमार्ग भनिएको छ । चियाभञ्ज्याङदेखि झुलाघाटसम्म यो लोकमार्गले पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ चितवन, तनहुँ, कास्की, पर्वत, बागलुङ, रुकुम, सुर्खेत, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी जिल्ला छोएको छ । जसमा १९ जिल्लाका सदरमुकामसित जोडिएको छ । लोकमार्ग बनेसँगै फिदिम, वसन्तपुर, खुर्कोट, बैरेनी गल्छी, डुम्रे भन्सार, बुर्तिवाङ, चौरझारी, राकम, साँफेबगर र पाटन गरी प्रमुख दस सहर बन्ने भएको छ । हालसम्म ७५ जिल्लामध्ये ७३ जिल्ला राष्ट्रिय सडक सञ्जालमा गाँसिएका छन् । अब डोल्पा र हुम्लामात्र मिसिन बाँकी छ ।
    मध्य पहाडी लोकमार्गलाई 'राष्ट्रिय गौरवको योजना' भनिएको छ । सरकारको आन्तरिक स्रोतबाटै निर्माण भइरहेको यस लोकमार्गलाई दुई खण्डमा विभाजन गरिएको छ, पुष्पलाल -मध्यपहाडी) लोकमार्ग योजना पूर्वी खण्ड र पश्चिम । यो लोकमार्गको लम्बाइको एक हजार किलोमिटर यसअघि बनिसकेको थियो भने बाँकी ७ सय ६५ किलोमिटर निर्माणको लागि दुवै योजना लागिपरेका छन् । लोकमार्गको पूर्वी खण्ड काठमाडौंदेखि पाँचथरको चियाभञ्ज्याङसम्म ६ सय ८१ किलोमिटर फैलिएको छ । सडकमार्ग सबै जोडिइसकेको छ । बीचमा सुनकोसी, दूधकोसी, अरुण, तमोरजस्ता ठूला नदीहरू पर्छन् । पूर्वी खण्डको सबै ट्रयाक खुले तापनि नदीमा पुल नबनेकाले यो मार्ग बाह्रैमास सुचारु हुन नसकेको योजना प्रमुख बलराम मिश्र बताउँछन् ।
    मापदण्ड अनुसार लोकमार्गको चौडाइ ड्रेनसमेत साढे आठ मिटर हुने र केन्द्र रेखाबाट दायाँ-बायाँ २५-२५ मिटरको सडक सीमा छोडिनुपर्छ । योजनाले हाल ट्रयाक खोल्ने कार्य सम्पन्न गरी विद्यमान साँगुरो मापदण्डको कृषि सडकलाई चौडा गर्ने कार्य गर्दैछ । आधा मिटर चौडा सडक निर्माणका लागि जग्गा निःशुल्क उपलब्ध भएको छ भने सडक सीमाअनुरुप जग्गा अधिग्रहण गर्ने कार्य भएको छैन । जग्गाको मुआब्जा दिने सरकारको योजनामा छैन भने सडकले छुने घरटहराको मात्र न्यूनतम मुआब्जा दिने गरिएको छ । जसका कारण सडक निर्माणमा अवरोधसमेत आएको मिश्र बताउँछन् ।
    पुल नबन्दा
    मध्य पहाडी लोकमार्गमा महत्त्वपूर्ण सुनकोसी पुल हो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट शिलान्यास भएको कटारी-ओखलढुंगा -सोलुखुम्बु) सडक खण्डमा सुनकोसी तर्नुपर्छ । ओखलढुंगाको टोक्सेल हर्कपुर र उदयपुरको घुर्मी सिमानामा सुनकोसी पुल डेढ दसकदेखि अहिलेसम्म बन्नसकेको छैन । उता दूधकोसी जयरामघाट खण्डमा यसै वर्षदेखि पुल निर्माणकार्य सुरु भएको छ । तर यता सुनकोसीमा पुल नबनेसम्म मध्यपहाडी लोकमार्ग सहज बन्ने छैन । दुवैतर्फ हिउँदभरि बेलिबि्रजको भरमा यातायात गुडिरहेका छन् । बर्खामासमा उही झोलुङ्गे पुलको भर पर्नुपर्छ ।
    त्यसैगरी तमोरमा योजनाले पुल निर्माण सम्पन्न गर्दैछ भने बाँकी नदीहरूमा फेरी र बेलिबि्रजको भरमा हिउँदे यातायात सञ्चालन भइरहेको छ । यी नदीहरूमध्ये सुनकोसी र दूधकोसी पुल सडक विभाग अन्तर्गत अन्य योजनाहरूबाट निर्माणाधीन छ । अरुण नदी पुल डीएफआईडी अन्तर्गत निर्माण भइरहेको छ । तर वर्षौ अगाडिबाट निर्माण भइरहेको सुनकोसी नदी पुल लगायतका यी पुलहरू कहिलेसम्म निर्माण सम्पन्न हुने हो, निश्चित नभएको गुनासो सर्वसाधारणको छ । यस बाहेक साना-ठूला ४० पुलमध्ये २५ वटा निर्माण भइरहेका छन् । लोकमार्गको काठमाडौं-खुर्कोट-घुर्मी खण्डको ६० किमिमध्ये ५० किलोमिटरमा चालु आर्थिक वर्षभित्रै कालोपत्रे हुनेछ । यस खण्डमा हाल यात्रुवाहक यातायात सुचारु छ ।
    तटवासी हेरेको हेर्‍यै
    राजधानीको पूर्वतर्फ सुनकोसी किनारै-किरार बनेको छ- मध्यपहाडी लोकमार्ग । सुनकोसी वारि-पारिका बस्ती सुख्खा छ । नदीमा पानी बगेको बग्यै छ । पानी उपयोग गर्ने प्रविधि भित्रिनसकेको देखिँदैन । खोलानाला नजिक रहेका ठाउँमा भने हराभरा देखिन्छ । सुनकोसी नाघेपछि त्यही लोकमार्ग दूधकोसी किनार भेट्छ । त्यताको बस्ती पनि उस्तै सुख्खा छ । किरानाका मान्छेहरू नदीमा माछा मार्ने र पानी गाग्रोमा ओसारेर भात पकाइ खानेभन्दा बढी पानीको सदुपयोग गर्न सकिरहेका छैनन् ।  
    वास्तवमा आधुनिक प्रविधि जोडेर यो पानीलाई पाँच सय मिटरमाथिको बस्तीमा पुर्‍याउनसके नदीतटवासीको आर्थिक जीवनले चाँडै मुहार फेथ्र्यो । स्वदेशमै उज्यालो भविष्य देख्न/देखाउनसके युवाहरू श्रमका निम्ति विदेशिनुपर्ने बाध्यता कम हुने थियो । यात्रुले बाटाभरि बिसाएर मेवा, खर्बुजा, कागती, लिची, आँप, कटहर लगायतका फलफूल किनेर खान पाउँथे । 'उत्पादनलाई टेवा दिन पानीलाई पम्प गर्न सकिन्छ,' कृषिविज्ञ मदन राई भन्छन्, 'खानेपानी, तरकारी र फलफूल, माछापालन, जलक्रीडा गर्न सकिन्छ । जलपर्यटन गर्न सकिन्छ । उडेर, गुडेर र हेलिएर पर्यटकलाई आकर्षण दिन सकिन्छ । राफ्टिङ, स्टिमर, कनोइङ गर्न सकिन्छ ।'
    सरकारले मध्यपहाडी लोकमार्गमा दस सहर बसाउने योजना अघि सारेको छ । 'अब गाउँ गाउँ नै रहनु हुँदैन,' 'सहरी विकासको सम्भावना केलाउँदै कृषिविज्ञ राई थप्छन्, 'आगामी बीस वर्षमा साठी प्रतिशत आधुनिक सहर बनाउने योजना हुनुपर्छ । बाँकी चालीस प्रतिशत सानो तर सुरक्षित सहरको विकास हुनुपर्छ । राज्यले यदि उत्तम नीति तथा कार्यक्रम बनाउने हो भने आजको बीस वर्षमा सबै नेपाली करोडपति बनाउन सकिन्छ ।'
    धार्मिक पर्यटन
    मध्य पहाडी लोकमार्गको पूर्वतर्फ यातायात सुचारु भएपछि धार्मिक पर्यटनको सुरुआत भएको छ । काठमाडौंदेखि हलेसी यात्रा गर्ने बौद्ध र हिन्दुहरूको ओइरो लाग्ने गरेको छ । त्यसो त किरात धर्मावलम्बीको थलो पनि हो-  खोटाङको हलेसी । जसलाई पूर्वको लुम्बिनी पनि भन्दछन् । हलेसीसँगै किरातहरूको उद्गम भूमि तुवाचुङ जायजुम स्थल धार्मिक क्षेत्रको रूपमा विकास भइरहेको छ । करिब हजार रोपनी क्षेत्रफलमा किरात संस्कृतिको उत्थानकार्य सुचारु रहेको किरात उद्गम भूमि तुवाचुङ जायजुम संरक्षण समितिका अध्यक्ष सहप्राध्यापक चतुरभक्त राईले जनाएका छन् । धार्मिक पर्यटनलाई दिगो तुल्याउन खोटाङ उद्योग वाणिज्य संघ दिक्तेलका अध्यक्ष खुसनारायण सैंजु सेवामुखी उद्योगमा जोड दिएको बताउँछन् । 'पर्यटन विकासमा सेवामुखी उद्योग महत्त्वपूर्ण हुन्छ,' उनले भने,  'त्यसैले होटेल व्यवसायलाई प्राथमिकतामा राखेर अघि बढेका छौं । तर दिक्तेल हलेसी खण्डमा लोकमार्गको स्तरोन्नति हुन सकिरहेको छैन ।'
    समस्याको गाँठो
    मध्य पहाडी लोकमार्गमा 'चुल्ठे-मुन्द्रेहरू'को राज छ । पार्टीगत गुटबन्दी त हुने नै भयो, प्रमुख क्रान्तिकारी पार्टीदेखि अर्धभूमिगतसम्म । स्थानीय  तहका विकास योजनाहरू मिलेरै हजम गर्ने चलन त्यत्ति नौलो रहेन । तर मध्यपहाडी लोकमार्गमा बालुवा, रोडा, ढुंगा, तारजाली, लगायतका विषयमा लागतभन्दा चौगुना बजेट सिध्याउने ठेकेदार, इन्जिनियरहरूको गठबन्धनले जरो गाडेको भन्ने छ । राजनीतिको मुख्य उद्देश्य समाजसेवा हो । तर त्यसो भइरहेको छैन ।
    अर्थविद रामेश्वर खनालको शब्दमा स्वदेशी पुँजी लगानी बढ्न नसक्नुको मुख्य कारण राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई उद्यमतर्फ लाग्न मार्गदर्शन गर्न नसक्नु हो । 'दलहरूले आफ्ना कार्यकर्तालाई उद्यम गर्न सिकाउन जरुरी छ, नकि उद्यमी, व्यवसायीलाई धाकधम्की दिएर चन्दा र लेबी असुल्नु', उनी भन्छन्- 'श्रमको आदर गर्न नसक्नु र व्यवसायीलाई इज्जत दिन नजान्नु पनि हाम्रो कमजोरी हो । मानवस्रोतलाई व्यवस्थापन र उद्यममा लाग्न उत्पे्ररित गर्नु आजको आवश्यकता हो ।'
     बेला न कुबेला हुने बन्द-हडतालले पेट्रोलियम पदार्थ अभाव हुँदा दुर्गममा बन्दै गरेको सडक निर्माणकार्य अवरुद्ध हुने गरेको छ । राजनीतिक दलहरूका कार्यकर्ताले बेलामौकामा गर्ने अवरोध उस्तै छ । सडक निर्माणका निम्ति खोलिने टेन्डरमा न्यूनतम लागतमा टेन्डर हाले ठेक्का हात पार्ने तर समयमा काम सम्पन्न नगरी योजनाको प्रगतिमा बाधा पार्ने गरेका छन् । त्यस्तो प्रवृत्तिलाई सार्वजनिक खरिद ऐन र नियमावली व्यवस्था गरी नियन्त्रण गर्नुपर्ने अधिकारीको भनाइ छ । राष्ट्रिय सडक निर्माणमा वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी लामो प्रक्रिया वन ऐन र वातावरण ऐन समयानुकूल हुन नसकेको समेत प्रमुख मिश्र बताउँछन् । 'वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया ज्यादै झन्झटिलो छ, त्यसलाई सरलीकृत गर्नुपर्छ,' भन्छन्,  'त्यसनिम्ति ऐन-नियमको संशोधन जरुरी छ ।'
    लोकमार्गको अधिकांश भाग चौडाइ बढाउन र कालोपत्रे गर्न बाँकी छन् । 'मापदण्ड अनुसार चौडाइ बढाउँदा स्थानीयबाट हुने अवरोध र भौगोलिक अवस्थिति प्रमुख चुनौती हुन्', उनी थप्छन्- 'सडक निर्माणको गुणस्तरमा ध्यान दिन जरुरी छ । सडक विस्तार सँगसँगै स्थानीय जनजीवनमा आर्थिक उन्नति हुने अभियान आवश्यक देखिन्छ ।'
    टिप्पणी
    पहाड जोड्ने बाटो
     प्रा. भीमप्रसाद सुवेदी
    तराई-मधेसका पूर्व झापादेखि पश्चिममा कञ्चनपुरसम्मका २० जिल्लामध्ये १९ जिल्ला र  एउटा पहाड (भित्री मधेससहित) को मकवानपुर जिल्ला छिचोलेर जाने पूर्व-पश्चिम अर्थात् महेन्द्र राजमार्ग निर्माण सुरु भएको लगभग ४५ वर्षपछि पहाडै-पहाड जोड्ने मध्य पहाडी राजमार्गको निर्माण भएको छ । पूर्वमा पाँचथरको भारतसँग जोड्ने नाका चियाभञ्ज्याङ (३१३९ मि उचाइ) देखि पश्चिममा बैतडीको महाकाली सीमा नदीस्थित झुलाघाट -१००० मिटरभन्दा कम उचाइ) सम्म विस्तारित छ । यसलाई पुष्पलाल लोकमार्ग भनिएको छ ।
    चियाभञ्ज्याङदेखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ । ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छिचोलेर वा छोएर जान्छ । गाउँमात्र नभएर यसले नेपालका धेरै सहरसँग पनि सम्पर्क राखेर बढ्छ । नेपालमा विद्यमान ५८ नगरपालिकामध्ये २७ पहाडमा पर्छन् । यो राजमार्गले यी २७ 'सहर'मध्ये १६ वटालाई चिरेर, छोएर वा छोएसरह भएर जान्छ । सहर र सदरमुकाममात्र नभई यसको हालको रेखांकनभित्र अन्य थुप्रै साना सहर तथा बस्ती पनि पर्छन् । त्यसमध्ये कुनै अन्य सडक वा राजमार्गका 'जक्सन'मा समेत रहेका छन् । मध्य पहाडी राजमार्गको रेखांकन पूर्णरूपमा नयाँ नभई पहाडी जिल्लामा हाल सञ्चालनमा रहेका सडकलाई जोड्ने काम भएको छ । यसो गर्दा कुनै-कुनै ठाउँमा बढी नै घुमाउरोगरी रेखांकन भएको देखिन्छ । विकल्पहरुको विश्लेषण गरिनुपर्छ ।
    नेपालमा सडक -राजमार्ग) निर्माणको इतिहास धेरै लामो छैन । भारतीय सहयोगमा निर्मित त्रिभुवन राजपथ विसं २०१३ सालमा खुलेपछि पहिलोपटक गाडी चल्ने सडकमार्फत काठमाडौं बाहिरी संसारसँग जोडिन पुग्यो । २०१६ सालमा दुई लेनको ७७ किमि लामो हेटौंडा-नारायणगढ सडक उद्घाटन भयो । पछि गएर यही सडक पूर्व-पश्चिम राजमार्गको केन्द्रविन्दु बन्न पुग्यो । विसं २०१८ मा राजा महेन्द्रले पूर्व-पश्चिम राजमार्ग निर्माण गर्ने घोषणा गरे । सोही वर्ष सडक विभागको स्थापना भयो ।
    २०१९ साल वैशाख १ गते नवलपरासीको गैंडाकोटमा पूर्व-पश्चिम राजमार्गको शिलान्यास भयो । पूर्व-पश्चिम राजमार्गको निर्माणपश्चात् नेपालका पछिल्ला सडक निर्माणका अवधारणा र कार्यहरू उत्तर-दक्षणामुखी रहे । पहाडको धरातलीय विषमता, नदीका गहिरा गल्छीहरू, पहिरोको जोखिम आदिले गर्दा पूर्व-पश्चिम हुनेगरी सडक निर्माण गर्नु न्यून साधनस्रोत भएको देशका लागि ज्यादै खचिर्लो र गाह्रो हुने नै भयो । त्यसमा पनि पहाड-पहाड बीचमा आर्थिक कारोबार हुने स्थिति पनि सबल थिएन । अझ पनि कमजोर नै छ । विशेषगरी भारतीय रेलमार्गको सीमावर्ती स्टेसनलाई मध्यनजर राखी सडक रेखांकन र निर्माण हुनपुगे । अन्तर्राष्ट्रिय परामर्शदाताहरूले पनि यस्तै सल्लाह दिएको कुरा सडक विभागका दस्तावेजले पनि बताउँछ ।
    अहिले मध्यपहाडी राजमार्ग पूर्व-पश्चिम राजमार्गको समानान्तर पहाडै-पहाड भएर बनेको छ । सडक आफैंमा विकासको पूर्वाधार हो र विकासको परिचायक पनि । विगतमा सडकमात्र बनाउँदै जाने र अन्य विकासकार्य स्वतस्फुर्त रूपमा आउँछ भन्ने अवधारणा हावी हुँदा विभिन्न राजमार्गका थुप्रै ठाउँमा अव्यवस्थित र अवाञ्छित बस्ती बसे । जिम्मेवारका पनि त्यति धेरै अनुभव थिएन होला । तर अहिले परिस्थिति फरक छ र फरक परिस्थितिको फाइदा लिन सक्नुपर्छ ।
    पहिलो, विगतमा सडक निर्माणकार्य सँगसँगै बस्ती विकास हुँदै र स्थानान्तर हुँदै जाने क्रममा सामान्य भइसकेको परिस्थिति बनेको छ । यसले सडकका विशेष भागहरू 'जक्सन'हरूमा अव्यवस्थित बस्ती बस्ने सम्भावना स्पष्ट देखाउँछ । तसर्थ सडक निर्माण कार्यसँगै बस्ती विकाससँग सम्बन्धित निकायले राजमार्गमा विशेष सम्भावना भएका बस्ती वा क्षेत्रहरू पहिचान व्यवस्थित बसोबास तथा साना सहर विकासकार्यहरू सँगसँगै लैजानुपर्ने हुन्छ ।
    दोस्रो, यस किसिमको बस्ती विकासका कार्यक्रम अगाडि बढाउँदा क्षेत्रीय विकास र सन्तुलनका हिसाबले पूर्वाधार र विस्तारका सम्भावना भएका क्षेत्रमा बहुपक्षीय लगानी योजनासहितका कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्नु बेस हुन्छ । तेस्रो, राजमार्गका करिडोरमा विद्यमान नगरपालिका, सदरमुकामभन्दा पनि अन्य सम्भाव्य बस्तीहरूलाई प्राथमिकता दिई (साना) सहरी विकास कार्ययोजना अघि बढाउनुपर्छ ।
    चौथो, ग्रामीण क्षेत्रमा रोजगारीको अवसरका कमी, विद्यमान जनसंख्यामा युवाको बर्चस्व रहेको तथा विगतका राजनीतिक-सामाजिक परिवर्तनले गर्दा जनसंख्याको ठूलो हिस्सा गाउँ छोड्ने मनस्थितिमा छ र छोड्दै पनि छ । राज्यको यस्तो जनसंख्याको हिस्सालाई मध्यनजर राखी राष्ट्रिय जनगणना- २०६८ को तथ्याङ्कअनुसार जनसंख्या वितरणका आधारमा व्यवस्थित बसोबास, सहरी विकासका कार्य, सार्वजनिक पूर्वाधार निर्माणजस्ता कार्य खास-खास क्षेत्रमा सञ्चालन गर्नुपर्छ ।
    पाँचौं, बढ्दो वैदेशिक रोजगारमा सहभागी रहेको जनसंख्याको ठूलो जमात विप्रेषण लिएर र्फकंदैछ । धेरैजसो वैदेशिक रोजगारबाट फर्केकाहरूसँग सीमित पुँजी छ, केही सीप छ, साना लगानी गर्ने र बजार केन्द्रजस्ता क्षेत्रमा गई व्यापार, व्यवसाय गर्ने सोचमा छ । यो समूहलाई आकर्षण गर्नेगरी मध्यपहाडी राजमार्गका करिडोरमा सडक निर्माणसँगै व्यवस्थित बजार वा साना सहरी विकास कार्यक्रम लैजानुपर्छ । यसो गर्दा ठूला सहरतिरको बढ्दो बसाइँ-सराइको चापमा पनि कमी आउने हुन्छ । तब सडक निर्माण एकीकृत विकासको द्योतकका रूपमा फलिभूत हुन्छ ।
    लेखक सामाजिक भूगोलविद् हुन् ।

    Monday, March 18, 2013

    Nepal, Bangladesh star performers in poverty



     
     
    REPUBLICA
    KATHMANDU, March 18: Nepal and Bangladesh are star performers in reducing multidimensional poverty, according to a study report released here on Monday by Oxford University.

    Researchers involved in the study had taken health, education and living standards of the people as major indicators for measuring reduction in the poverty.

    “Researchers have found that the percentage of poor people in Nepal dropped from 64.7 percent to 44.2 percent between 2006 and 2011 -- a decline by 4.1 percentage points per year,” a press release issued on Monday said.

    The report also said poverty in Bangladesh also decreased by 3.2 percentage points per year between 2004 and 2007.

    “In addition to reducing the percentage of poor people, both Nepal and Bangladesh reduced the intensity of poverty,” the report added.

    India, the largest South Asian nation, also made significant progress between 1999 and 2006. However, its poverty reduction rate was lower than its neighbors.

    ´The success of Nepal and Bangladesh in reducing poverty despite their relatively low income highlights the effectiveness of social policy investments combined with active civil society engagement,” Dr Sabina Alkire, Director of the Oxford Poverty and Human Development Initiative, said unveiling the report.

    Of the 22 countries studied, Nepal, Rwanda and Bangladesh were found to have made the largest absolute reductions, followed by Ghana, Tanzania, Cambodia and Bolivia.
     
    Published on 2013-03-18 22:32:56

    Friday, March 8, 2013

    Track opening of Mid -Hill Highway to complete in two months

     


     
    DILIP POUDEL( From myRepublica)
    BAGLUNG, March 8: Track opening works of the Mid-Hill Highway are in full swing and is expected to complete within the next couple of months.

    According Mid-Hill Highway Project (MHHP) office, track opening works have already been completed in eastern part and track opening of only 15 kilometer stretch in the western part is yet to be completed.

    Of the 1,767 kilometer highway, track opening works for 1,752 kilometer has already been completed. The highway is also known by the name Puspalal Highway. MHH, which passes through the 23 districts in the hilly region, starts from Chiyo Bhanjyang of Pachthar in the eastern region and passes through Tehrathum, Bhojpur, Sindhuli, Kathmandu, Pokhara, Baglung and finally ending at Jhulaghat in Baitadi of the far western region.



    MHHP Chief Gopal Sigdel informed that along with the track opening upgrading works along the 776 km road stretch of the highway is under way. “The track for MMH will be completed in two months,” informed Sigdel. “Now the track opening for 12 km in Rukum-Jajarkot sector and 3 kilometer in Baglung-Rukum remains to be completed,” he said, adding the new track will be 8 meter wide. The total estimated cost of the project is Rs 47 billion.

    According to the project office, Rs 1.18 billion has already been spent for opening track in the western stretch of the highway. The longest 135 km stretch of the highway falls in Baglung.

    Project engineer Karna Singh Kadayat informed that track widening works and bridge construction along the 88 kilometer Baglung -Burtibang section is under way along with track opening.

    According to Tilak Subba, a project engineer, they are preparing to black top 20 km road section in Baglung district.
     


    Published on 2013-03-08 08:30:36

    Tuesday, March 5, 2013

    Govt mulls US$ 60m assistance from World Bank for solar plant 
     
    BHOJ RAJ POUDEL (myrepublica)
    KATHMANDU, March 5:Amid acute power shortage in the country, the government is preparing to seek US$ 60 million in assistance from the World Bank to develop a 20 megawatts solar energy plant.

    “The Nepal Electricity Authority (NEA) has already forwarded the proposal to the Ministry of Energy (MoE) and has asked to forward it to the World Bank through the Ministry of Finance (MoF),” an official at MoE told Republica.

    Under its load-shedding reduction plan for winter, the government had mulled construction of a 20 megawatts solar energy plant. The World Bank has already agreed in principle to provide the amount for the project.

    “We will forward the proposal to the World Bank once we receive it from the energy ministry,” said Joint Secretary at the finance ministry Madhu Kumar Marasini. “This project is too important and we will try our best to implement it as soon as possible.” According to the proposal, the solar energy plant in the country will be able to reduce load-shedding by four to five hours per day.

    “This solar energy plant will be our first priority at the moment as it would relieve people from long hours of power cut,” said Marasini. The project also includes construction of 132 kV transmission line, said an official at the energy ministry.

    The government, in its load shedding reduction plan had planned to supply power to government offices from the solar plant. “The NEA in collaboration with other partners will develop infrastructure for supplying electricity generated by the solar plant to hospitals, Singh Durbar, the president´s office and Pashupati Area Development Trust, among other areas,” reads the plan. “The government will also establish a separate entity for development and management of solar energy in the country.”

    However, an official at MoF expressed doubts if the solar plant would be developed on time. “Given the bureaucratic inefficiency, I am not hopeful that NEA and the energy ministry would be able to develop the project on time even if the World Bank provides assistance,” said the official.
     
    Published on 2013-03-06 01:18:52

    गरे के हुन्न रैछ त नि


    साभार mysansar.com
    बाग्लुङको बलेवा क्षेत्र र छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा हेर्दा त नजिकै देखिन्छ। तर एउटा ठाउँ वारी र छ अर्को पारी। बीचमा कालिगण्डकी नदी। कुश्मा जान पैदल हिँडेर डेढ दुई घण्टा लाग्थ्यो। के गर्ने त ? पुलै बनाउने हो भने दूरी लामो भएकोले अति नै महँगो पर्छ। सरकारको मुखमात्र कति ताक्ने ? आफै किन केही नगर्ने ? यही सोचका साथ निजी क्षेत्र जुट्यो र केवल कार मोडलको यान्त्रिक पुल बनाउने सोचमा अगाडि बढ्यो। खर्च लाग्ने भयो झण्डै ५ करोड। अहो, यति धेरै रकम कसरी जम्मा गर्ने ? एकले थुकी सुकी, सयले थुकी नदी- यही उखान अनुसार उद्योग वाणिज्य संघले स्थानीय स्तरमै शेयर संकलन गर्न थाल्यो। जसले जति सक्छ, त्यति। २५ हजार रुपियाँदेखि १५ लाखसम्म गरी ४ सय ३५ जनाबाट रकम उठ्यो र गएको जेठ-असारदेखि पुल बनाउन थाल्यो नेपालकै रोपवे केवलकार प्रालिले। हिजो सोमबारदेखि यो व्यवसायिक रुपमा सञ्चालन हुन थालेको छ। अब बलेवाबाट कुश्मा पुग्न ५ देखि ७ मिनेटमात्रै लाग्छ। 

    यान्त्रिक पुल प्रयोग गर्न एकतर्फी भाडा अहिलेलाई सय रुपियाँ तिर्नुपर्नेछ। सार्कका पर्यटकलाई ३ सय रुपियाँ र विदेशीलाई सात डलर भाडा तोकिएको छ। प्रत्येक यात्रुको पाँच लाखको बीमा पनि गरिएको छ।
    अहिलेलाई यो पुल निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको छैन। त्यसैले परीक्षणको रुपमा व्यवसायिक सञ्चालन गरिएको हो हिजोदेखि। परीक्षणका क्रममा यात्रुको चाप, सञ्चालन खर्च, प्राविधिक समस्या हेरेर नयाँ भाडादर तोक्ने भनिएको छ।
    दुई वटा यान्त्रिक कार (डब्बा) यो पुलमा जडान गरिएको छ। एउटा कारमा ८ जना अट्छन्। यो हिसाबले दुवैतर्फ गरी एकपटकमा बढीमा १६ जना आवतजावत गर्न सक्छन्। एउटा डब्बाको क्षमताका करिब पाँच क्विन्टल रहेको छ।
    यो पुलको लम्वाई ४ सय ८७ मिटर छ। सो पुलमा दुवैतर्फ पोल गाडेर ५ सय ५० मिटर लामा छ वटा फलामका लट्ठा जडान गरिएको छ।
    पुल निजी क्षेत्रको लगानीमा कुश्मा-बलेवा यान्त्रिक पुल लिमिटेडको स्वामित्वमा निर्माण गरिएको हो। यसले सरकारको मुख नताकी निजी क्षेत्र सक्रिय भएर आफै गरे पनि ठूल्ठूला काम संभव हुने देखाएको छ। व्यवसायिक रुपमा सञ्चालन भएर नाफा कमाउन थालेपछि यसको सफलताले सबैलाई दङ पार्ने पक्का छ।

    Sunday, February 3, 2013

    Economic Prosperity amidst Political Instability


    Economic Prosperity amidst Political Instability
    Dr. Prakash K. Shrestha

    Nepal is in a situation of unprecedented political instability which does not seem to end in the near future. Despite being a republic, the persistent political instability has been pulling the country down the ladder of economic development. It is  bad luck for Nepali people that we are poor and lack basic modern amenities even in the twenty-first century. Another oddity for Nepal's economic development is that neither political stability nor political instability has been able to spur rapid economic progress in Nepal. In its history, Nepal had witnessed more than a century long Rana autocratic regime and 30-year long party-less Panchayat regime. Despite having political stability more or less during that time, Nepal’s economy could not make any significant economic progress. In fact, Nepal remained under the dark age of Rana rule, while Europe and America were in full swing of the industrial revolution. Then, the Panchayat system ruled Nepal, while East Asian countries were progressing.

    Although Nepal has been moving in the right direction politically in recent years, political parties have not been mature enough to govern the country and expedite the process of economic transformation. Nepal turned into a republic in 2008 by abolishing the 250-year monarchical system as a result of the 10-year long internal armed conflicts and the second people’s movement of 2006. A number of factors such as lack of foresight  narrow visions, and petty politics have made the political parties almost ineffective to execute the critical role that the history of Nepal offered to them. Growing lack of trust and cooperation among these political parties has been putting off the process of institutionalizing the nascent republican system and economic development entirely. Experience so far has showed that these political parties unite only when they are in opposition, but they bicker when they are in power.

    It is obvious that a political transformation takes time, and it requires solving many conflicting things together, which could be possible through the process of learning by doing. However, now all political parties want to fulfill all of their demands immediately, although some demands are mutually exclusive i.e. difficult to fulfill simultaneously. Because of the lack of agreements among the political parties, the Constituent Assembly failed to fulfill its mandate of drafting new constitution even after spending 4 years, bringing the political transformation in limbo. This situation has adversely affected developmental activities by heightening political uncertainty.

    Economic development is not impossible as shown by the history of many advanced and newly emerging countries. Neoclassical economic theories even foresee a convergence among countries in economic development. According to these theories, an economy can grow by producing outputs by using labor and capital. More importantly, neoclassical economists argue that, with globalization and liberalization, capital moves from the advanced countries to labor abundant developing countries so that economies of these countries will grow as well. However, in a broader sense, it is not happening, in spite of liberalization and globalization, especially because of lacking supporting institutions. Among others, political instability seems to be one of the factors hampering the economic progress. Many studies have found that political instability hinders the process of development through various channels such as creating policy uncertainty, increasing risks for investment, obstructing infrastructure development and increasing corruption. It is an absolute shame that despite having tremendous water resources given by nature, many Nepali people have to live without adequate electricity and potable water.

    The success of East Asian countries and advanced countries has established the vital role of government for development. Markets cannot function in a vacuum without the provision of some public goods, and law and order provided by the government. Although with the globalization and opening up the economy a country can bring in technology and capital from abroad, there is no easy formula to import and instill a stable governance system in many developing countries like Nepal. There are no economic theories that explain economic growth and development in a political quagmire.

    Nepal does not lack resources for economic development as we were told in the past. The donors can provide aid. In addition, remittance inflows have been increasing, which can be used to import capital and technology. Many domestic and non-resident Nepali are ready to invest. Moreover, Nepal can easily attract foreign direct investments because of tremendous potential in hydropower and tourism, and being in a strategic location between two growing nations China and India. Despite this, the ongoing political conundrum has been keeping Nepal a hostage to initiate economic prosperity.

    Seeking to get power is normal behavior for political parties. But preventing ordinary people from doing own business and economic activities by calling frequent bandh and strikes cannot be justified and tolerated. Political parties could differ in principles and could play several tricks to obtain political power, but they should have a common agenda for economic development at least, which is vital not only for them but also for future generations. Otherwise, as Rana Regime and Panchayat are now despised because they had kept us poor in the past, future generations will hate present political leaders, no matter how many times they become prime minister and minister.

    For a country's development, everyone must play a role. In recent years, people other than politicians have been performing their own duties. For example, farmers are doing farming, writers and journalists are busy making people aware, and actors and actresses are acting to create fun even in the gloomy political milieu. Similarly, intellectuals and businessmen are aspiring to play their own role. However, political leaders are failing to fulfill their own duty and politicizing every sphere of life. For example, there are trade unions even in government offices belonging to each political party for politics, which has stifled the development of professionalism.

    It is not easy to make a transition to a modern democracy. Political instability is a feature of transition. However, nearly all stable democracies have emerged from successful economic transitions. Hence, let's not obstruct the economic progress but facilitate developmental activities. It will help to solve some conflicting political issues that have been put forward. Economic prosperity is possible amidst political instability if political parties play their own role of writing constitution, maintaining law and order, and peace in the country. If we look at the history, despite civil wars, America had paved the way for economic prosperity by intensively engaging in economic activities and building up infrastructure.

    Published in Nepalnews.com, Jan 29, 2013.
    http://www.nepalnews.com/archive/2013/others/guestcolumn/jan/guest_columns_12.php

    Monday, August 27, 2012

    राजनीतिक अस्थिरताले गाँजेको अर्थतन्त्र

    राजनीतिक अस्थिरताले गाँजेको अर्थतन्त्र

    कान्तिपुरमा प्रकाशित भदौ 11 2069

    टुँडिखेलमा भाषण गरेर, बन्द-हडताल र चक्काजाम गरेर देशको आर्थिक विकास नेपाल अहिले दक्षिण एसियाकै समृद्ध देश भैसक्ने थियो । तर आर्थिक परिसूचकहरूलाई हेर्ने हो भने नेपाल दक्षिण एसियाकै सबभन्दा गतिहीन अर्थतन्त्रको रुपमा रहेको छ । दक्षिण एसियामा सबैभन्दा कम प्रतिव्यक्ति आम्दानी नेपालीकै छ । अन्य आर्थिक परिसूचकमा पनि नेपाल धेरै पछाडि छ । अहिले नेपाल आर्थिक विकासको भर्‍याङमा केही अति कम विकसित अफ्रिकी देशहरूको हाराहारीमा रहेको छ । एक्काइसौ शताब्दीमा पनि विकासको खुडकिलो चढ्न जति नै बाँकी रहे पनि नेपालले बन्द-हडतालमा विशिष्टता हासिल गरिसकेको छ । २०४६ सालमा पञ्चायती व्यवस्थालाई ढालेपछि विजारोपण भएको बन्द र हडतालको प्रवृत्ति र संस्कृति अहिले झांगिएर विशाल वृक्ष भएको छ । त्यसैले अहिले नेपाल बन्द दैनिकीजस्तो सहज र सरल भएको छ । विरोधका आवाज सुन्न ढिलाइ गर्ने वा नसुन्ने र अर्कोतर्फ विरोधका लागि देशै बन्द गर्ने संस्कार भित्र्याउन ठूला पार्टीहरू नै जिम्मेवार छन् ।
    बन्द-हडताल गर्न सहज भए पनि आर्थिक विकास त्यति सहज छैन । तर असम्भव पनि छैन । नेपाल राणाशासनको छत्रछायामा रहँदा अहिलेका युरोपियन देशहरू लगायत पश्चिमा देशहरूले अठारौ र उन्नाइसौ शताब्दीमा नै विकासको फड्को मारिसकेका थिए । शिक्षाको विकास, औद्योगीकरण, पूर्वाधार र प्रविधि विकास र व्यापारको माध्यमबाट नै आन्तरिक र बाह्य युद्धसंगै युरोप र अमेरिकाले विकास गरेका थिए । त्यतिखेर एसिया र अफ्रिकालाई कोलोनी बनाई स्रोत र साधनको दोहन गर्ने साम्राज्यवादी नीतिले पनि युरोपको आर्थिक विकास गराउन सहज भएको ठानिन्छ । तर द्वितीय विश्वयुद्धपछि केही एसियाली देशहरू उदीयमान अर्थतन्त्रको रुपमा देखापरे । खासगरी जापान, दक्षिण कोरिया, सिंगापुर, हङकङ, मलेसिया र थाइल्यान्डले सन् १९६० को दशकपछि आर्थिक विकासमा फड्को मार्न सफल भए । सन् १९८० को दशकपछि चीनले पनि चमत्कारी विकास गरेको छ । एक्काइसौ शताब्दीको पहिलो दशकमा भारतले पनि विकासको गति समातेको छ । यसले गर्दा साम्राज्यवादी नीतिविना पनि आर्थिक विकास सम्भव हुने देखिएको छ । नवउदीयमान एसियाली देशहरूको आर्थिक प्रगति हेर्दा विकासको फड्को मार्न २० र ३० वर्षको समयावधि पर्याप्त हुने देखिन्छ ।
    नेपाल १०४ वर्ष एकछत्र राणाशासनमा मात्र होइन, २०१७ सालमा लागू गरिएको पञ्चायत व्यवस्था पनि झन्डै ३० वर्षसम्म कायम रह्यो, तर नेपालले एसियाली मापदण्ड चुम्न सकेन । अहिले पञ्चायत ढलेको पनि २३ वर्ष भयो, तर नेपाल आर्थिक विकासको गति लिनसकेको छैन । आर्थिक पराधीनताका बीच सार्वभौम स्वतन्त्रता र तिलस्मी शासनको खोजीमा छौं । यसका लागि जताततै राजनीतीकरण मात्र भएको छ  । सबैले राजनीतिमात्र गर्नुपर्ने संस्कार र संस्कृतिको विकास गरिएको छ । कार्लमाक्र्सको विचारमा समेत अनुत्पादक पेसाको रुपमा रहेको राजनीति अहिले नेपालमा सबैभन्दा मौलाएको पेसाको रुपमा देखिएको छ । धनदौलत र मानसम्मान पाउने पेसाको रुपमा राजनीति स्थापित भएको छ । जिम्मेवारी र उत्तरदायित्व बहन गर्नु नपर्ने पेसाको रुपमा राजनीति उदाएको छ । तर देशको आर्थिक क्षेत्र निस्सासिएको छ । यसले गर्दा ऊर्जा संकटमा लामो समयदेखि देश गाँजिएको छ । रोजगारीको लागि विदेशिनुको विकल्प छैन । अहिले विदेशबाट विप्रेषण पठाएर नेपाल बाँचे पनि  यसले मात्रै विकास भएको अहिलेसम्म उदाहरण पाइँदैन ।
    युरोपियन लगायत पश्चिमा देशहरू र नवउदीयमान देशहरूको विकास अनुभवले के देखाएको छ भने देशको आर्थिक विकासका लागि तीन प्रमुख आधारहरू आवश्यक हुन्छन् । ती हुन्ः औद्योगीकरण, पूर्वाधार विकास र मानव संसाधनको विकास र यसको प्रभावकारी उपयोग । अस्थिर राजनीति र युद्धको बेलामा समेत यी आधारहरूलाई कायम राखेमा देश आर्थिक रुपमा पछाडि पर्दैन । उदाहरणको रुपमा दक्षिण कोरिया र श्रीलंका पछिल्लो समयमा आन्तरिक तथा बाह्य युद्धको स्थितिमा पनि आर्थिक विकास हासिल गर्न सफल भएका छन् । तर नेपालमा यी तिनै तत्वहरू सारै कमजोर स्थितिमा छन् ।
    उद्योगधन्दाहरू नै रोजगारी प्रदान गरी आर्थिक वृद्धि बढाउने प्रभावकारी माध्यम हुन् । तर एकातर्फ २०४६ सालमा पञ्चायत ढलेपछि अपनाइएको तीव्र आर्थिक उदारीकरणसंगै बढेको बाह्य प्रतिस्पर्धा र अर्कोतर्फ बन्द-हडतालको तारो हुनपुग्दा नेपालमा उद्योगधन्दाहरू धराशायी भएका छन् । उद्योगपतिलाई शोषककै रुपमा हेर्ने प्रवृत्तिले गर्दा उद्यमशीलता छायामा परेको छ । कलकारखाना छिट्टो बन्द गराउनसकेमा नै आर्थिक समानता कायम हुने मान्यता स्थापित भएको छ । श्रम व्यवस्थापनको पक्ष पनि कमजोर छ । यसमा पनि पक्ष-विपक्षको राजनीतिले नेपाल अहिले चरम ऊर्जा संकट छ, जसले गर्दा उद्योगधन्दाको विस्तार यसै पनि सम्भव छैन ।
    आर्थिक विकासको दोस्रो मूल आधारको रुपमा भौतिक पूर्वाधार रहेको हुन्छ । नेपालमा भौतिक पूर्वाधारको स्थिति पनि त्यतिकै नाजुक छ । यसको विकासको गति पनि ज्यादै धिमा छ । बजारले स्वतः बनाइदेला कि बनेर बसेको धेरै भयो । बजारले नबनाउने देखेपछि हालका वर्षहरूमा सरकारी र निजी साझेदारीको नारा ल्याइएको छ । इच्छाशक्ति र प्रतिबद्धताको अभावमा यो पनि खासै प्रभावकारी हुने देखिंदैन ।  उदाहरणको रुपमा मेलम्ची खानेपानी आयोजना र काठमाडौं-हेटौंडा दु्रतमार्गको कार्यान्वयनलाई लिन सकिन्छ । देशको राजधानीसमेत लामो समयसम्म काकाकुलको स्थितिमा रहँदा पनि मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने छाँटछन्द देखिंदैन । त्यस्तै यतिका वर्षसम्म देश लोडसेडिङको अवस्थामा रहँदा पनि जलविद्युत आयोजनाहरू बन्नसकेका छैनन् । अर्कोतर्फ गरिब देशको आर्थिक विकास जिम्म्ाा लिएका बहुराष्ट्रिय संस्थाहरू पनि नेपालमा सामाजिक र राजनीतिक शक्तीकरण गर्न र तुलनात्मक लाभका क्षेत्र पहिल्याउँदै प्रतिवेदन तयार पार्नमा नै सक्रिय छन् ।
    तेस्रो आधारको रुपमा जनशक्ति रहेको हुन्छ । नेपालमा युवा जनशक्ति प्रचुर रहे पनि यसलाई मानव पुँजीको रुपमा प्रयोग हुनसकेको छैन । हाम्रो शिक्षा क्षेत्रमा राजनीति हावी छ । नेपालको लागि चाहिने खालको जनशक्ति उत्पादन हुन सकिरहेको छैन । त्यसमा पनि सरकारी विद्यालयको शिक्षा ज्यादै नै कमजोर रहेको तथ्य प्रवेशिका परीक्षाको परिणामले देखाउने गरेको छ । अधिकांश परीक्षामा फेल भएकाहरू भारत, मलेसिया र अरब मुलुकमा रोजगारीका लागि जानुको विकल्प छैन । पास भएका केहीले प्राविधिक र अप्राविधिक श्ािक्षा हासिल गरे पनि तिनीहरू समेतको लागि स्वदेशमा रोजगारी
    छैन । त्यसकारण अधिकांश शिक्षित मानिसहरू पनि विदेश पस्न बाध्य छन् । अहिले नेपाली विद्यार्थीहरू विदेशमा राम्रो अध्ययन हासिल गरे पनि तिनीहरूलाई नेपालमा आकर्षण गर्ने न कुनै नीति छ, नत क्षमता देखाउने अवसर छ । नेपाललाई अहिले बन्द-हडताल गराउन डन्डा बोक्ने जनशक्तिको मात्र खाँचो छ, ताकि प्रभावकारी ढंगबाट नेपाल बन्द गर्न सकियोस् ।
    यस अवस्थामा राजनीति जुहारी र सरकार परिवर्तनका खेल जति खेले पनि आत्मसाक्षी राखेर माथि उल्लेखित तीन कुराहरूमा न्यूनतम सहमति गरे देशको आर्थिक विकासले केही गति लिने थियो । कम्तीमा माथिका क्षेत्रहरूलाई राजनीतिबाट मुक्त गरे पनि देशलाई धेरै राहत हुने थियो । आगामी पिढीले आर्थिक पराधीनताबाट मुक्ति पाउने थिए । अन्यथा सर्वसाधारण गरिखाने नेपालीहरूको लागि राणाशासन, पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्र र गणतन्त्रबीच तात्विक फरक नहुने र जीवनस्तरमा खासै सुधार नहुने देखिन्छ ।
    लेखकले अमेरिकाको न्यु स्कुल फर सोसल रिसर्चबाट विद्यावारिधी गर्दैछन् ।