Map of Nepal

Map of Nepal

Saturday, April 4, 2009

सेयर बजारमा भाग्यवाद
कन्तिपुरमा प्रकाशित (२००८-७-२१)
प्रकाशकुमार श्रेष्ठ
राजनीतिक संक्रमणकाल रहे पनि सेयर बजारमा लगानीकर्ता बढ्दै गएका छन् । कृषि विकास बैंकले आफ्ना ऋणीलाई गाउ“-गाउ“बाट सेयर बिक्री गरेपछि सेयरबारे चासो देशव्यापी भएको छ । हालसालै प्राथमिक निष्काशन गरिएका बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्न र्सवसाधारण उत्साहजनक रूपमा लागे ।
उदाहरणका लागि, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र ग्लोबल बैंकको सेयर निष्काशनमा मानिसहरूको घुइ“चोलाई लिन सकिन्छ । बिक्रीका लागि राखिएको सेयरभन्दा धेरै रकम संकलन हुनगएको छ । ग्लोबल बैंकको रु ३० करोड सेयरका लागि रु ९ अर्ब र क्लिन इनर्जीको रु ९ करोड सेयरका लागि रु ४ अर्बभन्दा बढीको आवेदन परेको छ । पु“जी बजार विकासका लागि यो ज्यादै उत्साहजनक पक्ष हो । तर यसलाई सही मार्गतिर भने लानर्ुपर्छ ।
पु“जी बजारले आर्थिक विकासका लागि चाहिने पु“जी परिचालनमा महत्त्वपर्ूण्ा भूमिका खेल्छ । यो बजार प्रभावकारी र सक्षम भए लगानीका लागि पु“जी संकलन गर्न सहज हुन्छ । यसले गर्दा आर्थिक वृद्धि बढाउन सकिन्छ । अहिले नेपालको सेयर बजारमा देखिएको लहर हर्ेदा अर्थतन्त्रमा पु“जी रहेको र यसलाई परिचालन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिने प्रशस्त गुन्जायस छ । यसले गर्दा अर्थतन्त्रमा रोजगारी सिर्जना गर्न सकिने र दर्ुइ अंकको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव हुने देखिन्छ । राजनीतिक स्थिरता र शान्तिपर्ूण्ा वातावरण भने कायम हु“दै जानर्ुपर्छ ।
पु“जी बजारको महत्त्वपर्ूण्ा अंशको रूपमा रहेको नेपालको सेयर बजार भने भर्खरै विकास हुनलागेको र अनौठो खालको छ । हाम्रो सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बहुलता छ । अधिकांश बैंक तथा वित्तीय संस्थाले मुनाफा गरिरहेका छन् । आर्थिक वृद्धिदर न्यून रहेको अवस्थामा पनि बैंक तथा वित्तीय संस्था नाफा कमाउन सफल छन् । यसको दिगोपनबारे भने प्रश्न छ । यसले गर्दा यी संस्थाहरूको सेयर मूल्य बढिरहेको छ । खासगरी नेपाल राष्ट्र बैंकको चुक्ता पु“जी बढाउने निर्देशनले बैंक तथा वित्तीय संस्था पु“जी वृद्धिमा लागेको सर्न्दर्भले पनि बैंक तथा वित्तीय संस्थाको सेयर किन्न र्सवसाधारण उत्सुक छन् ।
सेयर बजारमा देखिएको उत्साहलाई अर्थतन्त्रका अन्य क्षेत्रले फाइदा लिनसकेका छैनन् । उत्पादनमूलक कम्पनीहरू सेयर बजारमा खासै देखि“दैन । उत्पादनमूलक कम्पनीहरूको स्थापना र विकास नभई आर्थिक वृद्धि बढ्न र रोजगारी सिर्जना हुनसक्ने देखि“दैन । ०४८ सालपछि आर्थिक उदारीकरणको नीतिस“गै विभिन्न कम्पनी स्थापना भई सेयर निष्काशन गरी रकम संकलन गरिएको थियो । तर बैंक तथा वित्तीय संस्थाबाहेक अन्य कम्पनीहरूको अस्तित्व हाल छैन । यसले धेरै लगानीकर्ताहरूको रकम डुबेको छ भने उत्पादनमूलक कम्पनीप्रति र्सवसाधारणको विश्वास पनि छैन ।
बैंक तथा वित्तीय संस्थाहरूको मुख्य काम वित्तीय मध्यस्थता गर्ने हो, बचत परिचालन र लगानीका लागि ऋण प्रवाह । यी संस्थाको वित्तीय स्थिति अर्थतन्त्रको उत्पादनमूलक क्षेत्रको विकासमा भर्रपर्छ । उत्पादनमूलक क्षेत्रको विकास र वृद्धि नभई बैंक तथा वित्तीय क्षेत्रको वित्तीय स्थिति दिगो रहन सक्दैन । तर पनि बैंक तथा वित्तीय संस्थाहरूको सेयरप्रति उत्सुकता छ । यसो हुनुमा केही कारण छन् । पहिलो, यी संस्था अहिलेसम्म मुनाफा कमाउन सफल छन् । खासगरी व्रि्रेषण आप्रवाह र यसस“गैको विदेशी मुद्रा कारोबारले गर्दा यी संस्था नाफा कमाउनसकेका हुन् ।
दोस्रो, बैंक तथा वित्तीय संस्थाको कारोबार धेरै हदसम्म पारदर्शी हुने गरेको छ । राष्ट्र बैंकको निर्देशनका कारण बैंक तथा वित्तीय संस्थाले त्रयमासिक रुपमा आफ्नो वित्तीय विवरण र्सार्वजनिक गर्ने गर्छन् । यसले गर्दा एकातर्फर्सवसाधारणले यिनको वित्तीय स्थितिबारे थाहा पाएका छन् भने अर्कोतर्फर्सवसाधारणसामु आफ्नो वित्तीय स्थिति राम्रो देखाउन पनि बैंक तथा वित्तीय संस्थाका व्यवस्थापक प्रतिस्पर्धात्मक रूपमा लागिपरेका छन् । यसले गर्दा बैंक तथा वित्तीय संस्थाप्रति र्सवसाधारणको विश्वास बढ्दै गएकोे छ । यसका साथै यी संस्थाको नियमन, निरीक्षण र सुपरीवेक्षण गर्ने कार्य केन्द्रीय बैंकले गर्दैआएको छ ।
तर यस्तो स्थिति उत्पादनमूलक उद्योग अथवा कम्पनीको छैन । प्रायः ठूला उद्योग र उद्योगपतिको कारोबार पारदर्शी हुनसकेको छैन । कर्पोरेट संस्कार विकास भएको छैन । यसले गर्दा यी उद्योग तथा कम्पनीहरूप्रति र्सवसाधारण आकषिर्त हुनसकेका छैनन् । तर्सथ यिनले पु“जी बजारको फाइदा लिनसकेका छैनन् । बरु उद्योगपति बैंक तथा वित्तीय संस्थाले लगाउने गरेको व्याजदर उच्च रहेको भनी व्याजमा अनुदान दिन सरकार र राष्ट्र बैंकलाई अनुरोध गर्ने गर्छन् । जबकि बजारमुखी आर्थिक नीतिमा बजारले व्याजदर निर्धारण गर्ने गर्छ ।
एकातर्फनिक्षेपकर्ताले २ प्रतिशतसम्मको व्याजमा निक्षेप राख्नुपरेको छ भने उद्योगपतिले बैंकबाट ऋण लि“दा १०-१२ प्रतिशत व्याज दिनुपरेको छ । पु“जी बजारमार्फ जाने हो भने एकातर्फसेयर निष्काशन गर्न सकिन्छ भने अर्कोतर्फ७-८ प्रतिशतको ऋणपत्रमार्फ पनि पु“जी संकलन गर्न सकिने प्रशस्त गुन्जायस छ । उद्योगहरूमा बरु बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिने र डिफल्ट गर्ने प्रवृत्तिले प्रश्रय पाएको छ । उद्योगधन्दाको नाममा ऋण लिने, उद्योगधन्दालाई टाट पल्टाउने तर आफ्नो आर्थिक हैसियत भने बढाउने संस्कृति रहेको छ । यसले गर्दा हाम्रो औद्योगिक क्षेत्र बढ्नसकेको छैन । हुन त शान्तिसुरक्षाको अभावले पनि यो क्षेत्र प्रताडित छ । यस सर्न्दर्भमा पब्लिक लिमिटेड कम्पनीको रूपमा उत्पादनमूलक क्षेत्र अगाडि बढे जनर्समर्थन प्राप्त गर्न सजिलो हुने देखिन्छ ।
यस किसिमको स्थितिले नेपालमा सेयर बजारको वास्तविक विकास र विस्तार हुन बा“की छ । देशको विकासमा सेयर बजारले भूमिका खेल्न सकिरहेको छैन । तर सेयर बजारप्रति बढ्दो जनचासो र सहभागितालाई सकारात्मक रूपमा लिनर्ुपर्छ । यसले आगामी दिनमा पु“जी बजारबाट पु“जी संकलन गर्न सकिने सम्भावना देखाएको छ । यसका लागि सेयर बजारप्रति देखिएको जनचासो र सहभागितालाई कायम राख्नर्ुपर्छ । प्राथमिक सेयर निष्काशन हु“दा गरिने सेयर बा“डफा“डको प्रवृत्ति र प्रक्रिया भने सेयरमा गर्ने लगानी हतोत्साही गर्ने खालको छ । आवश्यकताभन्दा बढी आवेदन परेको बखतमा सेयर बा“डफा“ड चिठ्ठा प्रणालीबाट गर्ने गरिन्छ । सेयर पाउनु भनेको चिठ्ठा पर्नुजस्तो भएको छ । पु“जी बजारमा गरिने लगानी भाग्यवादमा आधारित हुनगएको छ । लामो लाइन बसेर दुःखसाथ पैसा जम्मा गरेर सेयरमा लगानी गर्नुुछ, तर यसले उद्यमशीलता होइन, भाग्यवादलाई बढावा दिएको छ ।
सानातिना लगानीकर्ता जो सेयर बजारमा चासो देखाएका छन्, तिनलाई निरुत्साही गरिनु हु“दैन । अन्यथा भविष्यमा सेयर बजारप्रति वितृष्णा सिर्जना हुन्छ । तर्सथ सेयर बा“डफा“ड गर्दा मागअनुसार सबैलाई समानुपातिक रूपमा बा“डफा“ड गरिनर्ुपर्छ । यसले गर्दा धेरै लगानीकर्ताको सेयर बजारमा सहभागिता बढ्छ । साथै सम्बन्धित निकायले सेयर बजार सम्बन्धमा र्सवसाधारणलाई जानकारी गराउनुपर्ने देखिन्छ । अन्यथा सीमित टाठाबाठा व्यक्तिले फाइदा लिने तर र्सवसाधारण मर्कामा पर्ने स्थिति आउ“छ ।
Posted on: 2008-07-20 19:57:32

No comments:

Post a Comment